काठमाडौं ।
भरतपुर । भरतपुर १० रमाइलो चोकका ४० वर्षीय कृष्ण आचार्य ६ वर्षको दुवई पछि गत जेठ महिनामा घर फर्किए ।
घरपरिवारमा थाहै नदिए एक्कासी दुवई भएका श्रीमान घर आएपछि श्रीमती रुष्मा र छोरी रोयस्ना अचम्मित बने । लामो सयम विदेश वसेर आएका श्रीमान्ले आउने वित्तिकै श्रीमतीको घाँँटी अठ्याए । घटनाको प्रत्यक्षदर्शी थिइन् छोरी ।
अन्य व्यक्तिसँग श्रीमतीको सम्बन्ध रहेको शंका गरेका कृष्णले आउनेवित्तिकै ज्यानै लिने सम्मको प्रयास गरेपछि असार २ गते रुष्मा जिल्ला प्रहरी कार्यालय चितवनमा घरेलु हिंसा सम्बन्धी निवेदन लिएर पुगिन् ।
असार ३ गते प्रहरीले महिला सेलमा छलफल गरायो । त्यतिखेर छलफल निष्कर्षमा नपुगेपछि असार १७ गते दोस्रो पटक पुन बोलायो ।
रुष्माले यो पटक आफ्नो माइती पक्षको वुवा नआएको भनी केही समय दिन आग्रह गरिन् । प्रहरीले असार ३१ गतेका लागि पुन बोलायो । त्यस दिन प्रहरीमा सहमति भयो ।
दुवै जनाले सहमति कागजमा हस्ताक्षर गरेका छन् । तर, रोहवरमा कोही पनि छैनन् । सहमति पत्रमा दुवै जनाले कानुनी प्रक्रिया अपनाउने र आआफ्नो सुरले वस्ने भन्ने छ ।
सरकारी विद्यालयमा पढाउने रुष्माले शारीरिक, मानसिक र आर्थिक तीन खाले यातना श्रीमानबाट पाएको भनी दिएको घरेलु हिंसाको निवेदनले अशान्त बनेको घरपरिवारलाई आआफ्नो बाटो लाग्ने सहमतिसम्म पु¥यायो । तर कानुनी रुपमा छुट्टिने भनी आपसमा दुइ जना मात्रै उपस्थित भएर गरेको सहमति कायन्वयन प्रक्रियामा रहँदैमा श्रीमान कृष्णले श्रीमती रुष्माको हत्या गरे ।
भरतपुर १० स्थित रमाइलो चोकमा ३ तले घर छ । घरको दुइ वटा तला भाडामा छन् भने त्यो भन्दा माथि श्रीमती र छोरी भिन्न भान्सा गरेर वस्दै आएका थिए । छोरा विदेशबाट आएपछि आमा पनि एकसाथ भएर त्यो भन्दा पनि माथिल्लो तलामा आमाछोरा वस्दै आएका थिए ।
सोमबार पशुपति दर्शनका लागि जाने भनी आमा आइतबार नै घरबाट निस्केर आफन्तकोमा गएर वसेकी थिइन् । छोराले वुहारी हत्या गर्दा आमा आफन्तकोमा थिइन भने छोरी त्यही थिइन् ।
आइतबार रातको दश वजेतिर धारिलो हतियारले श्रीमतीलाई प्रहार गरेपछि कृष्ण पनि तीन तले घरको छतबाट अगाडि सडक पट्टि हामफाले । ढलान गरेको घरको आँगनमा वजारिएका उनी घाइते पश्चात उपचारको क्रममा मृत घोषणा भए । प्रहरीकोमा मात्र नभइ टोल छिमेकमा पनि उनीहरुवीच्को विवादलाई लिएर पटकपटक मिलाउने प्रयास भएको थियो ।
तर घटना मिल्नु भन्दा थप उग्र बन्दै गयो । सोही घरमा भाडामा वस्नेहरु भने विवाद हुने गरेको बारे आफूहरुलाई थाहा नभएको बताउँछन् । रुष्माको हत्या अनुसन्धानको विषय बन्दै गर्दा कृष्ण हत्या गरेर भाग्न खोजे वा हाफालेर आत्महत्या गरे भन्ने चाँहि अर्को अनुसन्धानको विषय बनेको छ ।