Latest News

‘केटी काण्ड’ मच्चाउने यी व्यक्तिलाई बोर्डको अध्यक्ष बनाउने मन्त्रिपरिषद् बैठकको निर्णय

Nepalese Times July 25, 2022 (2 Year ago)    374 Views

काठमाडौं ।

मन्पिरिषद् बैठकले अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । अध्यक्ष पदका लागि १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा छनोट गरेको थियो ।

उम्मेदवारहरूमध्ये मुख्य दाबेदारका रूपमा अभिनेता भुवन केसी र सम्झना उप्रेती रौनियारको चर्चा दयाराम दाहालको कार्यकाल सकिएलगत्तै सुरु हुन थालिसकेको थियो । अभिनेता केसीमाथि केही समयअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी श्रेष्ठले यौ–न दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।

यसअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीले इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै ठूला ब्यानरका व्यक्तिहरुले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । तीनवटा फिल्ममा काम गर्दा त्यस फिल्मसँग सम्बन्धित व्यक्तिले दुर्व्यवहार गरेको उनले बताइन् ।

उनले लगाएको आरोप अभिनेता तथा निर्माता भुवन केसीले सामजिक सञ्‍जालबाट प्रतिवाद गरेपछि साम्राज्ञीले भुवनले नै जापानमा एक अवार्ड कार्यक्रमका क्रममा दुर्व्यवहार गरेको भन्दै अर्को भिडियो जारी गरेकी थिइन् ।

फिल्मको सुटिङ सेटमै अश्लील शब्दहरुले गालीसमेत गरेको कुरा उनले भिडियोमा व्यक्त गरेकी छिन् । उनले दुर्व्यवहारबारे आफूले बोल्नै पर्ने लागेपछि बोलेको कुरा भिडियोमा बताएकी छन् । ती फिल्मका व्यक्तिहरुले आफूलाई गरेको व्यवहार बिर्सनलायक नभएको उनी सुनाउँछिन् ।

अभिनेता भुवन केसीले आफूलाई जापान अवार्डको क्रममा पनि दुर्व्यवहार गरेको साम्राज्ञी दाबी गर्छिन् । दुर्व्यवहारका विषयमा कलाकारहरु कमै बोल्छन् । आफ्नो करियरको डरले पनि बोल्दैनन् । तर, ठूला ब्यानरकै व्यक्तिले यस्तो व्यवहार गर्ने गरेको साम्राज्ञीको अनुभवले भन्छ ।

प्रतिक्रिया दिनुहोस