काठमाडौं ।
लोक गायिका दिलमाया सुनार हत्या अभियोगमा पक्राउ परेका एक युवकलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ।
असार ११ गते काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ११ नेपालटार स्थित कोठामा उनी मृत भेटिएकी थिइन्।
त्यसपछि प्रहरी वृत्त बालाजु, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली अनुसन्धान गरिरहेको थियो।
घटना आत्महत्या नभएर हत्या भएको विभिन्न कोणबाट पुष्टि भएपछि प्रहरीले घटनामा संलग्न भएको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका घर भएका ३८ वर्षीय सूर्य भन्ने खिल बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो। घटना भएको भोलिपल्ट प्रहरीले श्रेष्ठलाई काठमाडौंको नेपालटारबाट नियन्त्रणमा लिएको थियो।
प्रहरीको अनुसन्धानमा श्रेष्ठ दिलमायाको कोठामा श्रीमान् भनी ७र८ महिनादेखि सँगै बस्ने गरेको खुल्न आएको थियो। खिल बहादुर श्रेष्ठको बयान अनुसार राति ८ बजे बजे दिलमायाको डेरा कोठामा गएर बिहान ४ बजे घटना घटाई फरार भएको प्रहरीको भनाई छ।
प्रहरीले महाराजगन्ज स्थित कतार भिसा सेन्टर नजिक सडकको पश्चिम किनारको खाली ठाउँमा रहेको झाडीबाट घाँसमा पोको पारी बेवारिसे अवस्थामा फालेको गुलाबी रङको बुट्टे सल समेत बरामद गरेको छ। कपडा फेला पारी बरामद गरिएको ।
जिल्ला अदालतको आदेश अनुसार खिल बहादुर श्रेष्ठ पुर्पक्षको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा चलान भएको प्रहरीले जानकारी दिएको छ।