काठमाडौं ।
गत शुक्रबार प्रतिनिधि सभा बैठकबाट नागरिकता विधेयक पारित भयो । यो विद्येयकलाई राष्ट्रियसभा बैठकबाट पनि पारित गराउने तयारी भएको छ ।
बिहान ११ बजे बस्ने बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ टेबल गर्ने सम्भावित कार्यसूची छ ।
यो विद्येयक पारित भएसँगै यसको चर्को विरोध भइरहेको छ । प्रतिनिधिसभा बैठकबाट यो विद्येयक पारित गर्दा मौन बसेको नेकपा एमाले पनि बाहिर निस्किएपछि भने विरोध गर्न थालेको छ ।
यसैक्रममा नेकपा एमालेका नेता सूर्य थापाले एक स्टाटस पोष्ट गर्दै नागरिकता सम्बन्धी विद्येयक प्रतिनिधिसभाबाट पारित भएपनि असन्तुष्टि जनाएका छन् । उनले लेखेका छन्, – ‘यो चश्माले छर्लङ्ग देख्दोरहेछ, विदेशी मूलतः भारत माइतीका बुहारीलाई स्वर्णिम अवसर ।’
उनले स्टाटसमार्फत नेपाली युवासँग विवाह गरेको १० घण्टाभित्रै मन्त्री पदमा बहाली हुन सक्ने तालिका नै सार्वजनिक गरेका छन् ।
उनले भनेका छन्, – ‘सिन्दुरसँगै नागरिकताको प्रमाणपत्र बिहान १० बजे, संघीय सांसद मनोनयन अपरान्ह १२ बजे, सपथग्रहण दिउँसो २, मन्त्री नियुक्त दिउँसो ४ बजे, सपथ ग्रहण साँझ ६ बजे, पदबहाली बेलुकी ७ बजे ।’
महान जनयुद्धदेखि पाँचदलीय गठबन्धनको बहुमतले प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयक पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा गरेको सौदावाजी र नग्न दलालीको परिणाम भएकोसमेत उनले आरोप लगाएका छन् ।
यस्तो छ उनको स्टाटस