Latest News

मतदान सकिएलगत्तै प्रेस युनियनको चुनावमा कुटाकुट, अध्यक्षका प्रत्यासीले नै देखाए यस्तो हर्कत !

Nepalese Times July 23, 2022 (2 Year ago)    357 Views

हेटौंडा ।

नेपाल प्रेस युनियनको जारी महाधिवेशनअन्तर्गत चुनावका क्रममा कुटाकुट भएको छ । चुनावमा संस्थापन इतरबाट अध्यक्षका प्रत्यासी शिव लम्सालले मतदाता नामावली च्यातेपछि संस्थापन पक्षले हातपात गरेको हो।

इमेज च्यानल प्रतिष्ठानबाट पार्षद् बनेका मीरा बस्नेत र रमेश ढकालको केन्द्रीय प्रतिनिधि कार्ड बने पनि अन्तिम नामावलीमा नाम थिएन।

मत हाल्न मतदानस्थल पुगेका उनीहरू अन्योलमा थिए। लम्सालले पूरा नाम भएको लिस्ट ल्याऊ भन्दै मतदाता नामावलीको रुजु सूची च्याते र मत माग्न व्यस्त भए।

त्यसपछि संस्थापन पक्षका केही प्रतिनिधि आएर ‘नामावली च्यात्ने ? भन्दै निर्वाचन समितिका प्रतिनिधिमाथि जाइलागे। उनीहरूले धकेला धकेल गरे र त्यो को हो भन्दै प्रतिष्ठानका सदस्य र अन्य सदस्यमाथि हातपातको प्रयास गरेका थिए।

अहिले मतदान सकिएको छ । अध्यक्ष पदमा तीनसहित पदाधिकारी ७२ र सदस्य ९५ गरी जम्मा १६९ जना उम्मेदवारले प्रतिस्पर्धामा रहेका छन् ।

नेपाली काँग्रेसनिकट शुभेच्छुक संगठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन शुक्रबारदेखि जारी छ। हेटौँडामा जारी महाधिवेशनले प्रेस युनियनको नयाँ नेतृत्वसहित अन्य पदाधिकारी चयन गर्नेछ। सभापतिसहित ८७ पदका लागि १ सय ७३ ले उम्मेदवारी दर्ता गराएका छन ।

उम्मेदवारको अन्तिम नामावली अनुसार अध्यक्ष पदका लागि संस्थापन पक्षबाट अनिता बिन्दु र संस्थापन इतर पक्षबाट शिव लम्साल चुनावी मैदानमा छन्।

 

प्रतिक्रिया दिनुहोस