Latest News

विद्यार्थीहरुले संसदीय समितिलाई बुझाएको ७ बुँदे ध्यानाकर्षणपत्रमा के छ ?

Nepalese Times July 23, 2022 (2 Year ago)    504 Views

काठमाडौं । विद्यार्थीहरुले विभिन्न ७ बुँदे मगसहित संसदीय समितिलाई ध्यानाकर्षणत्र बुझाएका छन् ।

चिकित्सा शिक्षा संघर्ष समितिको नेतृत्वमा उनीहरुले शिक्षा तथा स्वास्थ्य संसदीय समितिलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

शिक्षा तथा स्वास्थ्य संसदीय समितिलाई ध्यानाकर्षणपत्र बुझाइएको संघर्ष समितिले जनाएको छ ।

उनीहरुले मेरिटोकेसीको वैज्ञानिक र न्यायापूर्ण प्रयोग गर्न आग्रह गरेका छन् । यस्तै उनीहरुले चिकित्सा शिक्षामा व्यापारिकरणका साथै विचौलियाहरु नियन्त्रण गर्न पनि ध्यानाकर्षणपत्रमार्फत आग्रह गरेका छन् ।

यस्तै उनीहरुले मेडिकल कलेजको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार व्यवस्थित गर्न र २०७९–८० मा गरेको शिक्षण शुल्क बृद्धि खारेज गर्न माग गरेका छन् ।

यस्तै उनीहरुले डा. गोविन्द केसीसँग गरिएको सम्झौता पूर्ण रुपमा तत्काल कार्यन्वयन गर्न माग गरेका छन् । चिकित्शा शिक्षा एकीकृत प्रवेश परीक्षा संचालन हरेक दोस्रो शंसोधन पुनर्विचार गर्न र जवाफदेहीता, भौगोलिक, सामाजिक न्याय कायम गर्न पनि उनीहरुको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस