काठमाडौं ।
नेपाल तरुण दलका अध्यक्ष विद्वानज गुरुङले नेपाली कांग्रेस कैलालीका जनप्रतिनिधिसँग भेटघाट गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी आरजु राणा देउवाको गृहजिल्लासमेत रहेको कैलालीकाको कैलारी गाउँपालिकाका जनप्रतिनिधिहरुसँग भेट गरेका हुन् ।
उनले कैलारी गाउँपालिकाकम नव निर्वाचित अध्यक्ष राज समझ चौधरी, नेपाल तरुण दल कैलाली जिल्ला अध्यक्ष एवम् वार्ड अध्यक्ष दिपेन्द्र बम र कैलारी गाउँपालिका ९ का वडा अध्यक्ष खेमराज चौधरीसँग भेटेका हुन् ।
भेटमा अध्यक्ष गुरुङले नवनिर्वाचित गाउँपालिका प्रमुख र वार्ड अध्यक्षलाई खादा ओडाएर बधार्इ एवम् सफल कार्यकालको शुझकामना व्यक्त गरेका थिए ।
जनताको भावना अनुरुपमा जनताको हरेक सुख दुःखमा साथ दिएर कार्य गर्न अध्यक्ष गुरुङले सुझाव दिएका थिए ।