काठमाडौं । प्रहरीले लोकदोहोरी गायिका दिलमाया सुनारको ह–त्या नै भएको निष्कर्ष निकालेको छ ।
प्रहरीले सुनारको ह–त्या अभियोगमा मुद्दा चलाउन राय दिएकोमा जिल्ला सरकारी वकिल कार्यालयले त्यसैबमोजिम अदालतमा मुद्दा दायर गरेको छ ।
दिलमायाका प्रेमी भनिएका सूर्य भनिने खिलबहादुर श्रेष्ठविरुद्ध जन्मकैद माग गर्दै अभियोगपत्र दर्ता भएको छ । असार ११ गते दिलमाया काठमाडौंको नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी थिइन् ।
त्यसपछि असार १० गते राति दिलमायासँगै सुतेका श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो । श्रेष्ठले मध्यरातमा दिलमाया झुन्डिरहेको देखेपछि खाटमा झारेर आफू निस्किएको भन्दै ह–त्या आरोप अस्वीकार गरेका छन् ।
यता पोस्टमार्टम रिपोर्टले पनि दिलमायाको झुन्डिएर ज्यान गएको तथा शरीरका बाहिरी र भित्री भागमा कुनै चोटपटक नरहेको देखाएको छ । यद्यपि प्रहरी श्रेष्ठले दिलमायाको ह–त्या नै गरेको निष्कर्षमा पुगेको छ ।
प्रहरीले अनुसन्धान प्रतिवेदनमा श्रेष्ठले नै ह–ण्त्या गरेको हो भन्ने किसिमले केही आधारहरु देखाएको छ । विवाहित श्रेष्ठ परिवारसहित गोठाटारमा सुनचाँदी व्यवसायी गर्दै आएका थिए ।
प्रहरीका अनुसार लोकदोहोरीमा काम गर्ने दिलमाया लामो समयदेखि त्यसमा जान छाडेकी थिइन् । श्रेष्ठले बाहिर निस्कन नदिएको र आफूसँग समेत लिएर हिँड्न नमान्ने गरेको प्रहरीको दाबी छ ।
यस्तै श्रेष्ठले दिलमाया झुन्डिएको बताए पनि दिलमाया लडेको अवस्थामा भेटिनु र उनी राति नै भाग्नुलाई पनि शंकास्पद मानेको छ । दिलमायाले झुन्डिन प्रयोग गरेको भनिएको सल लुकाउनुलाई पनि प्रहरीले श्रेष्ठले ह–त्या गरेको आधार मानेको छ ।
यस्तै त्यस रात १ बजे दिलमायाको फेसबुक अकाउन्टमा लेखिएको सुसाइड नोटजस्तो स्टाटस सूर्य आफैले लेखेको हुनसक्ने र दिलमायाको मोबाइल अझैसम्म नभेटिनुले उनको ह–त्या नै भएको निष्कर्ष प्रहरीले निकालेको हो ।
सुर्खेत स्थायी घर भएकी दिलमायाको करिब १० वर्षअघि श्रीमानसँग सम्बन्धबिच्छेद भएको थियो । त्यसपछि केही वर्ष खाडीमा काम गरेर उनी नेपाल फर्कीएकी थिइन् । त्यसपछि काठमाडौंका दोहोरी साँझहरुमा उनले दोहोरी गाउने गरेकी थिइन् ।
लकडाउनका समयमा चरम आर्थिक संकटमा पुगेकी दिलमायाले यसअघि एक पटक वि“ष सेवन गरेर आ–त्मह–त्याको प्रयास पनि गरेकी थिइन् ।