Latest News

जर्नादन शर्मा फेरि अर्थ मन्त्रालय फर्कने !

Nepalese Times July 21, 2022 (2 Year ago)    339 Views

काठमाडौं।

संसदीय विशेष समितिले अहिलेसम्म छानविन गर्दा पनि जर्नादन शर्माले अनाधिकृत व्यक्तिलाई बजेटमा करको दर हेरफेरमा प्रवेश गराएको तथ्य फेला पारेन ।

संसदीय विशेष समितिको कार्यविधि ७ दिन थप गर्ने निर्णय आएको छ ।

समितिले अबको ७ दिनमा कुनै तथ्य फेला नपारेमा प्रतिवेदन शर्माकै पक्षमा जान सक्छ । त्यसपछि उनी पुनः अर्थ मन्त्रालय फर्कने अवस्था बन्छ ।

आफूले गल्ती नगरेको दाबी गर्दै शर्माले छानविन सहज बनाउन राजीनामा दिएका थिए । उनले संसदको रोष्टममा उभिएर गल्ती प्रमाणित गर्न चुनौती दिएका थिए ।

छानविनका लागि आफूले राजीनामा दिएको भनेर निस्किएका शर्माको ठाउँमा प्रधानमन्त्री शेरबहादुर देउवाले कसैलाई नियुक्ति दिएनन् ।

अर्थ मन्त्रालयमा शर्मालाई फेरि ल्याउन प्रचण्ड पनि सकारात्मक छन् ।

यसकारण पनि माओवादीले नयाँ मन्त्री पठाएको छैन । संसदीय समितिले छानविन पूरा गरेपछि शर्मा फेरि अर्थमा फर्कने बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस