Latest News

संसदीय समितिमा जनार्दन शर्माले दिए यस्तो बयान, सीसीटीभी फुटेजबारे के भने ?

Nepalese Times July 21, 2022 (2 Year ago)    486 Views

काठमाडौं ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले संसदीय समितिमा बयान दिएका छन् ।

उनले बयान दिने क्रममा अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिको घुसपैठ नभएको जिकिर गरेका छन् ।

बयान दिन सिंहदरबार पुगेका तत्कालीन अर्थमन्त्री शर्माले अर्थमन्त्रालयमा बाहिरको मान्छे पस्ने कुनै सम्भावना नरहेको दावी गरेका हुन् ।

बाहिरको मान्छे पसे सजिलै थाहा हुने भन्दै उनले छानविन समितिमा बयान दिँदै भने, ‘त्या को भित्र आयो को गयो भन्ने कुरा सजिलै थाहा हुनसक्छ । त्यहाँ सुरक्षाकर्मीहरु हुन्छन अरु मर्यादापलकहरु हुन्छन् । बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन । पसेको भएक थाहा भैहाल्थियो ।’

उनले सिसीटिभी फुटेज कहिलेसम्म रहन्छ भन्ने जानकारी मन्त्रीलाई नहुनेसमेत बताए । उनले भने,‘ भिडियो कहिले सम्म रहन्छ के हुन्छ त्यो बारे मलाई केहि जानकारी थिएन ।’

यस्तै तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ ।

तोकिएको समयमा काम नसक्ने निश्चित भएको भन्दै छानबिन समितिले ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको हो । समितिको बैठकले ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छानबिन समितिका एक सदस्यले बताएका छन् ।

सभामुख अग्नी सापकोटाले संसदीय समितिलाई छानबिनका लागि १० दिनको समय दिएकोमा आज ८ दिन आठौं दिन गुज्रिसकेको छ । अझै केही व्यक्तिहरुको बयान लिन बाँकी नै रहेको छ भने सीसीटीभीको हार्ड डिक्स परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको छ ।

बयान सकेर फरेन्सिक ल्याबबाट सीसीटिभी रिकभर भएपश्चात मात्रै समिति निस्कर्षमा पुग्न सम्भव हुन्छ । त्यसका लागि थप केही दिन लाग्ने भएपछि समितिले सभामुखसमक्ष आग्रह गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस