Latest News

रामकुमारी झाँक्रीलाई एमालेबाट आयो ‘बिग अफर’, पाउने भए ठूलै जिम्मेवारी !

Nepalese Times July 21, 2022 (2 Year ago)    471 Views

काठमाडौं ।

नेकपा एकीकृत समाजवादी का प्रभावशाली नेताहरु एमालेमा प्रवेश गर्नेगरि गृहकार्यमा जुटेका छन् ।

पार्टीले मन्त्रीबाट फिर्ता बोलाएपछि नेतृत्प्रति असन्तुष्ट रहेका नेताहरु नै एमालेमा प्रवेश गर्नको लागि आन्तरिक छलफलमा जुटेको स्रोतको दाबी छ ।

नेताहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले, कृष्णकुमार श्रेष्ठलगायतले एमालेमा जानेगरि तयारी थालेको बुझिएको छ ।

यी चार नेताले मन्त्रीबाट पार्टीले फिर्ता बोलाएपछि अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग पनि भेटवार्ता गरेका छैनन् । पार्टीका विभिन्न बैठकमा समेत जान छोडेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले पाँच दलीय गठबन्धन कायम राख्ने आगामी संसद्को निर्वाचनमा यही गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय गरेपछि कम्युनिष्ट नेताहरु पनि आन्तरिक छलफलमा जुटेका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल स्थानीय तहको निर्वाचन सकिएलगत्तै नेपाली कांग्रेससँग रुष्ट छन् । उनले अब फेरि एकपटक वाम एकता गरेर अघि बढ्नुपर्ने भन्दै कम्मर कसेर लागिपरेका छन् । उनले पार्टीको बैठकबाट विचार मिल्ने घटकसँग पार्टी एकीकरण गर्ने निर्णयसमेत गराएका छन् ।

केही दिनअघि मात्रै उनले भनेको एउटा अभिव्यक्ति भाइरल बनेको थियो । उनले भनेका थिए, ‘कांग्रेसले दम्भ गर्‍यो भने सिङ भाँच्चिन्छन् । भागबन्डा मिलेन भने गठबन्धन रहँदैन । जसरी पनि गठबन्धन गर्नुपर्छ भन्ने केही छैन ।”

यस्तै उनले नेपाली कांग्रेसले सय सिट माग्दैमा नपाउने पनि दाबी गरे । खनालले थपे, “हरेक पार्टीले त्यस्ता निर्णय गर्न सक्छन् । कांग्रेसको कुरा कसले स्वीकार गर्छ र ? गठबन्धन गर्ने हो भने सम्मानजनक ढंगले सिट तालमेल हुनुपर्छ । कसैले माग्दैमा दिने भन्ने कुरा हुँदैन ।

समाजवादका पक्षधर शक्ति एक भएर अघि बढ्नुपर्ने ऐतिहासिक आवश्यकता रहेको भन्दै उनले बरु नेकपा एमालेसँग मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन् ।

उनले यस्तै खालका अभिव्यक्ति सार्वजनिक गर्न थालेलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झलनाथ खनालसँग नरम हुन थालेका छन् । उनले खनाललाई नेकपा एमालेमै फर्कन आग्रहसमेत गरेका छन् ।

संसदीय चुनावपछि राष्ट्रपति बनाउने ओलीले खनाललाई आश्वासन दिएका छन् भने त्यसबारे खनालले केही जवाफ नफर्काएका स्रोतले जनाएको छ । यता सत्ता गठबन्धनमा पनि खनाललाई राष्ट्रपति बनाउने विषय उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस