Latest News

मेयर बालेनको समेत केही सीप चलेन, यस्तो विज्ञप्ति निकालेपछि तनावमा नगरबासी

Nepalese Times July 21, 2022 (2 Year ago)    744 Views

काठमाडौँ –

आउँदो ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न काठमाडौँ महानगरपालिकाले अपिल गरेको छ ।

आज काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको फोहोरमैला व्यवस्थापन समितिको बैठकले बञ्चरेडाँडा पुग्ने सडक निर्माण कार्यमा सघाउ पु¥याउन यस्तो निर्णय गरेको हो ।

फोहोर व्यवस्थापनको कामलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायबाट समाधान गर्ने प्रयास गर्नुपर्छ । बैठकका अध्यक्ष महानगरका प्रमुख शाहले, आपसी समन्वय र सहयोगबाट फोहोरको दीर्घकालीन समाधान निकाल्न सकिनेमा विश्वाश व्यक्त गरे ।

उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएको व्यहोरा उल्लेख गर्दै साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो ।

समितिको बैठकमा यही अनुरोधका विषयमा छलफल गर्दै स्यानिटरी ल्याण्डफिल साइट जाने सडकबाट फोहोर ढुवानी कार्य ७ दिनका लागि रोक्ने निर्णय भएको हो । उक्त अवधिभर फोहोर बाहिर फोहोर उत्पादकलाई अनुरोध गर्ने र सडकको फोहोर पोको बनाउँदै व्यवस्थापन गर्ने निर्णय भयो ।

बैठकमा समितिका सदस्य एवं उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरु प्रेम थापा, भुवन लामा, बालकृष्ण महर्जन, ईश्वरमान डंगोल, कुश ढकाल, नवराज पराजुली सहभागी थिए ।

बैठकपछि महानगरबासीका नाममा अपिल जारी गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत एवं समितिका सदस्य सचिव लोकनाथ पौड्यालले, घर, पसल, व्यवसायबाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस