Latest News

पाथीभरा माताको मन्दिरमा अर्बौं रुपैयाँको लगानीमा खेलाची, यी व्यक्तिहरुले यतिसम्म गर्न भ्याए !

Nepalese Times July 20, 2022 (2 Year ago)    414 Views

ताप्लेजुङ ।

ताप्लेजुङको पाथीभरा मन्दिरमा बन्न लागेको केबलकार निर्माण रोक्न भन्दै सर्वोच्चमा मुद्दा विचाराधीन हुँदाहुँदै पनि फुङलिङ नगरपालिकाले केबलकार निर्माणका लागि म्याद थपेको छ ।

नगरपालिकाले केबलकार बनाउन म्याद थपेको भन्दै किँरात याक्थुङ चुम्लुङ जिल्ला समितिले आपत्ति जनाएको छ ।

मुकुम्लुङ संयुक्त सङ्घर्ष समिति नै बनाएर सङ्घर्षको समेत घोषणा गरिएको छ । समितिले ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकार निर्माण हुन नदिने चेतावनी दिएको हो ।

विगतमा राखेका पाँच बुँदे मागको सम्बोधन नभइ केबलकार निर्माणको परिकल्पनासम्म गर्न नसकिने किराँत याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष इन्दिरा मेन्याङ्वोले बताएका छन् ।

आन्दोलनरत सङ्घ–संस्थाको माग र विचारलाई बेवास्ता गर्दै नगरपालिकाले केबलकार बनाउने कम्पनीको कार्य अवधि थप गरेको अध्यक्ष मेन्याङबोले बताए । अदालतमा मुद्दा रहँदा रहँदै पनि नगरपालिकाले किन म्याद थप गरेको उनले प्रश्न गरेका छन् ।

सङ्घर्ष समिति तथा याक्थुङ चुम्लुङले मुकुम्लुङ क्षेत्रमा कुनै पनि निर्माण कार्यका लागि कम्पनीसँग गरेको सम्झौता खारेज गर्नुपर्ने, रैथाने याक्थुङ लिम्बूहरूको संस्कृतिकको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने माग गर्दै आएको छ ।

पाथीभरा देवीदर्शन केबुलकार प्रालिले भने पाथीभरा क्षेत्रमा झन्डै तीन अर्ब रुपैयाँको लगानीमा केबलकार निर्माण प्रक्रिया थाल्ने बताउँदै आएको छ ।

असार २९ गतेको कार्यपालिका बैठकले केबलकार सञ्चालन अनुमतिसम्बन्धी कार्यविधि संशोधन गरेको थियो । असार ३० गते पाथीभरा माता केबलकार कम्पनीको म्याद थप गरिएको नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस