मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – आँट शाहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले पुरुषार्थि काम गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । उद्योग तथा उत्पादन मुलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । लेखन,कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागि समय फलदायी रहेको छ । प्रेममा सामिप्यता बढेर जानेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – शुभचिन्तकको भावनालाई बेवास्ता गर्दा दुख पाईनेछ । बोलेका कुरा पुरा गर्न नसक्दा अरुले अविश्वास गर्न सक्छन् ध्यान दिनुहोला । प्रेम प्रशङ्गमा मनमुटाव हुने योग रहेको छ । खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । व्यापार व्यवसायमा आम्दानी कम हुनाले लगानी गरीहाल्ने समय रहेको छैन । गीत संगीत क्षेत्रमा भने समय राम्रो रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) – पढाई लेखाईमा मन जाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पत्ती तथा सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सकिनेछ । राजनीतिमा लाग्नेहरुका लागि समय उत्तम रहेकोले नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । कृषि क्षेत्रमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुराना कमी कमजोरीहरु सुधार्दै जीवन शैलिमा परिवर्तन गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – खानपामा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ । लामो दुरिको यात्राको लागी समय उत्तम रहेको छ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जाने तथा बिदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागी समय फलदायी रहनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – प्रेममा सामिप्यता बढेर जानेछ । पैत्रिक सम्पत्तीको प्रयोग मार्फत कृषि तथा पशुपालन व्यवसायमा लगानी गरि आम्दानी बढाउन सकिनेछ । बैंक तथा बित्तिय सस्थाबाट मुनाफा कमाउन सकिनेछ । सिमित स्रोत साधनको प्रयोग गरी असिमित आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । ईच्छाईएका वस्तु प्राप्त हुनाले मन प्रशन्न हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) – अध्ययनमा मन जानेछ भने प्रविधिको सहयोग लिन सकिनेछ । राज्यको मेकानिजम्भित्र बसेर काम गर्ने अवसर प्राप्त हुनेछ । शुभचिन्तक तथा सहयोगीको सल्लाहले राम्रा काम गर्न सकिनेछ । प्रयत्न गर्दा व्यापार व्यवसाय फस्टाएर जानेछ भने जागिर गर्नेहरुका लागि सयय उत्तम रहेको छ । प्रेममा आफ्नो भावना साटासाट गर्ने वातावरण बन्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) – आफ्नो काममा अरुले हस्तक्षेप गर्न सक्छन् ध्यान दिनुहोला । जीवनशैलि व्यस्त रहेपनि न्यून उपलब्धीमा चित्त बुझाउनु पर्ला । पढाई लेखाईमा ध्यान नजाँदा अरुभन्दा पछि परिनेछ । माया प्रेममा धोका तथा अविश्वास बढ्नेछ । राजनीति तथा समाजसेवामा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु वा खुट्टा तान्नेहरु हाबी हुनेछन् । कष्टकर धार्मिक यात्रा हुनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) – व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुनेछैन । आफ्नो काममा भन्दा पनि अरुकै काममा समय व्यतित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरुसँग राय बाजिनेछ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) – आफन्त तथा प्रियजनसँगको भेटघाटले दिन रमाईलोसँग बिताउन सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथीको सहयोगले राम्रा हुनेछन् । व्यापार फस्टाएर जानेछ भने रुपैया पैसा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । विद्यामा स्कलर्सिप प्राप्त हुनेछ भने सहपाठीहरुलाई पछि पार्दै नतिजा हात पार्न सकिनेछ । आÏनै मिहेनतले जीवन शैलीमा उल्लेख्य परिवर्तन गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – प्रतिस्पर्धामा विजयको योग रहेको छ भने तपाईको कुरा काट्ने तथा ईर्ष्या गर्नेहरु हार खानेछन् । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।
पुराना ऋण तथा रोगहरुलाई किनारा लगाउँदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) – अध्ययन तथा अध्यापनमा मन नजाँदा महत्वपूर्ण उपलब्धीहरु गुम्न सक्छ ध्यान दिनुहोला । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ । व्यापारमा लगानी गर्नको लागि केही समय पर्खनु राम्रो हुनेछ । भौतिक सम्पत्ती तथा उपहार प्राप्तीको योग भएपनि टरेर जानेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – अरुको विस्वास जिती काम गर्न नसक्दा समयभन्दा पछि परिनेछ । कामगर्ने भन्दा आश्वासन बाँढ्नेहरु सक्रिय हुनेछन् । पढ्ने लेख्ने काममा मन नजादा नतिजा अरुतिर नै जानेछ । सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग परिचालन गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आमा तथा आफन्तसँग टाडिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।