Latest News

यी दुई ठूला मिडियाविरुद्ध बालेनले हाले उजुरी, के होला कारबाही ?

Nepalese Times July 19, 2022 (2 Year ago)    483 Views

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन् । मेयर साहले मंगलबार नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका हुन् ।

केही दिन अगाडि नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमा प्रकाशन भएको काठमाडौं महानगरले मेयर साहलाई चुनाव जिताउन सहयोग गर्ने रुटिन अफ नेपाल बन्दलाई आर्थिक वर्ष २०७९/८० को बजेट उपलब्ध गराएको भनि समाचार प्रकाशन तथा प्रसारण गरेको थियो ।

उक्त समाचार प्रकाशन तथा प्रसारण गरेको प्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महानगरले कुनै अमुक संस्थालाई बजेट नछुट्याएको समेत जनाएको छ ।

उनले फेसबुकमा लेखेका छन् : सत्य कुरा हो, कुनै पनि पत्रकार र मिडिया सार्वजनिक पद वा सत्ताको प्रतिपक्षी हुनु पर्छ, अख्तियारको दुरुपयोग भएको छ कि वा ति संस्थाहरुले गलत काम गरेका छन् कि भन्ने भन्नेमा सजग रहेर जनमानसमा सूचना दिनु पर्छ । लोकतन्त्रको चौथो आधारस्तम्भका रुपमा पत्रकारितालाई हामी सँधै सम्मान गर्छौँ ।

सँगसँगै यो पनि भन्न चाहन्छौँ कि पुर्वाग्रहपुर्ण प्रतिपक्ष र भ्रामक सूचनाले पत्रकारिताको गरिमा र महत्वलाई स्थापित गर्न सक्दैन । लोकतन्त्र र कानुनको पालना सबैले गर्नु पर्छ । यसैले केहि पहिले आएका भ्रामक समाचारहरुका लागि कानुन बमोजिम कारबाहीको गर्न प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छौँ ।

आशा छ, आगामी दिनहरुमा पत्रकारिताले सहि र सत्य सूचना, समाचार मात्रै सम्प्रेषण गर्नेछ । नागरिकको सूचनाको हकलाई प्रदुषित गर्ने कार्यका विरुद्ध पत्रकारिताक्षेत्र नै जागरुक र सचेत हुनेछ ।

प्रतिक्रिया दिनुहोस