Latest News

त्रिवि र अनेरास्ववियूबीच ११ बुँदे सहमति, तोडियो अनसन (पूर्णपाठसहित)

Nepalese Times July 18, 2022 (2 Year ago)    435 Views

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय र अनेरास्ववियूबिच ११ बुँदे सम्झौता भएको छ । दुबै पक्षबीच ११ बुँदे सहमति भएसँगै ७ दिनदेखि सुरु आमरण अनसन पनि स्थगित भएको छ ।

उक्त्त सम्झौता कार्यान्वयन गर्न विश्वविद्यालय प्रतिवद्व रहने कुरामा आफ्नो पूर्ण विश्वास रहेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बताएका छन् ।

उनले आन्दोलन साथ र समर्थनका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेताहरु मुकुन्द न्यौपाने, उपाध्यक्ष प्रमेश हमाल, उप महासचिव कमरेड डा. विजय पौडेल, जगनाथ खतिवडा, जिवनराम श्रेष्ठ, देवेन्द्र पौडेल , शेर ब कुँवर, मेटमणि चौधरी, स्वास्थ्य राज्यमन्त्री हिरा केसी, लगायतलाई अध्यक्ष पराजुलीले धन्यवाद दिएका छन् ।

यस्तै उनले नेताहरु बलराम बास्कोटा, विश्वनाथ प्याकुरेल, सावित्रा भुषाल, हरि पराजुलीलगायत आन्दोलनलाई यो उचाईमा पुराउन भुमिका खेल्ने पार्टीका विद्यार्थी ईन्चार्ज तथा पोलिटब्युरो सदस्य रामकुमार भट्टराई, केदार सन्जेल, पार्टीका केन्द्रीय सदस्य मोहन गौतम, दमोदर अर्याल, लक्ष्मण केसी,  प्रमेश पोखरेललगायतलाई पनि धन्यवाद दिएका छन् ।

यस्ता छन् उनीहरुबीच भएका ११ बुँदै सम्झौता

१. उच्चशिक्षा अन्तर्गत स्नातक, स्नातकोत्तर. एमफिल तथा पिएचडी तहका नियमित र आन्तरिक श्रोतबाट सञ्चालित कार्यक्रमका सम्बन्धमा आंगिक र सम्बन्धन प्राप्त क्याम्पस र निकायहरुले लिने शुल्क समायोजन र नियमित तफ लजान तथा तत्तत् तहको निरन्तर पाठ्यक्रम परिमार्जनकालागि आवश्यक सुझाव दिन पन्ध्र दिन भित्र कार्यदल गठन गरी उक्त कार्यदलको प्रतिवेदन २०७९ पौष मसान्तसम्म कार्यान्वयन गर्ने ।

२. विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनहरुका केन्द्रीय नेत्तत्वसंग स्व.वि.यु. निर्वाचनको सन्दर्भमा भाद्र मसान्तसम्म छलफल गर्ने र नेपाल सरकारसँग समन्वय गरी निर्वाचन गर्ने । ३. सेमेस्टर प्रणाली अन्तर्गत स्नातक, स्नातकोत्तर तहको विभिन्न विषयको प्रश्नपत्र निर्माणका सम्बन्धमा देखिएको समस्याबारे सम्बन्धित डीन कार्यालयको परीक्षावोर्ड, केन्द्रीय परीक्षावोर्ड र त्रि.वि.कार्यकारी परिषदले समेत मौजुदा कानून बमोजिम कार्वाही गरेकोले उक्त कार्वाही तत्काल कार्यान्वयन गर्ने ।

४. हालै मानविकी तथा सामाजिकशास्त्र तथा व्यवस्थापन संकाय लगायतका परीक्षा प्रणालीमा देखिएका कमिकमजोरी हटाउन
परीक्षा प्रणालीलाई थप व्यवस्थित र नीतिगत सुधार गर्न तथा परीक्षा व्यवस्थापनलाई मर्यादित वनाउन कसुर अनुसार थप सजायको व्यवस्था गर्न उच्चस्तरीय समिति गठन गरी आवश्यक कार्यविधि तयार गर्ने र त्रि.वि. कार्यकारी परिषदद्वारा मिति २०७९ ३/२७ गते गठित समितिको छानविन प्रतिवेदन कार्यान्वयन गर्ने । ५ विभवन विश्वविद्यालयले वार्षिक शैक्षिक कार्य तालिका बनाई सार्वजनिक गर्ने र सोही अनुसार पठन पाठन, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने । ६. त्रिभुवन विश्वविद्यालय सेवा आयोगले वार्षिक कार्यतालिका तयार गर्ने, समयानुकूल पाठ्यक्रम परिमार्जन गरी नियमित रुपमा खुल्ला विज्ञापन गर्ने कार्यकालागि सिफारिस गर्ने।

७. परीक्षा नियन्त्रण कार्यालयमा TUEMIS बढीमा ६ महिना भित्र कार्यान्वयन गर्ने साथै विकेन्द्रिकरणको अवधारणा अनुरुप
सम्बन्धित क्षेत्रिय कार्यालयहरु मार्फत रजिष्ट्रेशन, परीक्षा फारम, उत्तर पुस्तिका परीक्षण व्यवस्थापन तथा माइग्रेशन,
प्रोभिजनल, ट्रान्सकृप्ट, मूल सर्टिफिकेट प्रिन्ट र वितरण लगायतका कार्यहरु बढिमा ६ महिना भित्र कार्यान्वयन गर्ने ।

८. कानून संकायतर्फ BA LLB कार्यक्रम सञ्चालन गर्न इच्छुक आंगिक क्याम्पसहरुलाई पठन पाठन गर्न आवश्यक
सहजीकरण गर्ने ।

९. विश्वविद्यालयका विभिन्न प्रशासनिक पदमा उचित पद उपयुक्त व्यक्ति भन्ने अवधारणा कार्यान्वयन गर्न सम्वन्धित पदको
नियुक्ति गर्दा सम्बन्धित इच्छुक व्यक्तिको प्रस्ताव (Need of Interest) प्रस्तुत गर्न लगाई मूल्याङ्कनको आधारमा नियुक्ति
दिने व्यवस्था कार्यान्वयन गर्ने ।

१०. त्रिभुवन विश्वविद्यालयको सम्पति माथिको अतिक्रमण रोक्न सरोकारवालासँग समेत छलफलगरी केन्द्रीयकार्यालय सहित
सम्पूर्ण निकायहरुले चल, अचल सम्पतिको आवश्यक मल्याइन र संरक्षण गर्न पन्ध्र दिनभित्र कार्यदल बनाई ६ महिनाभित्र
अद्यावधिक र अभिलेखिकरण गर्ने ।

११. अनेरास्ववियूले आषाढ २८ गतेदेखि गर्दै आएको आमरण अनसन फिर्ता लिने सहमति गरियो ।

 

प्रतिक्रिया दिनुहोस