काठमाडौं ।
फेरि सार्वजनिक गाडीको भाडादर बढेको छ। आज साेमवारदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडादर बढेको हो ।
यातायात व्यवस्था विभागले आज एक सूचना निकालेर अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको जनाएको हो ।
विभागका अनुसार यात्रुवाहक गाडीमा १ दशमलव ७९ प्रतिशतले भाडा बढेको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडादर समायोजन भएको छ ।
वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्याेभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ । पछिल्लो पटक गएकाे असार १२ मा भाडादर समायोजन गरिएको थियो ।
एक हप्ताअघि पेट्रोलियम पदार्थको भाउ फेरि बढेको थियो । नेपालय आयल निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा २ रुपैयाँ बढेको छ ।
यस्तै डिजेल र मट्टितेलको भाउ लिटरकै ९ रुपैयाँले बढेको छ भने हवाई इन्धनको भाउ आन्तरिकतर्फ ५ रुपैयाँ बढेको छ । निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको लिटरको १८१ रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको लिटरको १७२ रुपैयाँ पुगेको छ ।
निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १८१ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ।
हवाइ इन्धन आन्तरिकको मूल्य १९० रूपैयाँ लिटर पर्नेछ। एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ। यसअघि असार ११ गते मात्र आयल निगमले पेट्रोलमा २० रूपैयाँ डिजेल र मट्टीतेलमा २९ रूपैयाँ घटाएको थियो।