Latest News

लिउले अलि पेलेरै बोल्न थालेपछि प्रधानमन्त्री देउवाले पनि फर्काए कडा जवाफ

Nepalese Times July 10, 2022 (2 Year ago)    474 Views

काठमाडौं।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगको छुट्टाछुट्टै भेटमा चीनको नेपाल मामलामा रहेको सुरक्षा स्वार्थबारे प्रष्ट कुरा गरेका छन् ।

उनले नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन नपाओस् भनी कुरा राखे ।
पछिल्लो समय अमेरिकी अधिकारीहरु तिब्बती शरणार्थीको शिविरमा गएको विषयतर्फ संकेत गर्दै लिउले नेपालबाट चीनविरोधी कुनैपनि गतिविधि नहोस् भन्ने चाहना रहेको बताए ।

भेटमा सहभागी परराष्ट्रका अधिकारीका अनुसार लिउले प्रष्टसँग चीनविरोधी गतिविधिका लागि नेपाली भूमिमा कुनै स्थान नहोस् भने ।

जवाफमा देउवाले नेपालबाट चीनविरोधी गतिविधि हुन नदिइने बताए । उनले आफ्नै पालामा दलाई लामाको कार्यालयलाई बन्द गराएको स्मरण गराए ।

आफू बोलीमा भन्दा व्यवहारमा गरेर देखाउने स्वभाव भएको भन्दै देउवाले इतिहास स्मरण गर्न सुझाएको बुझिएको छ ।

उनले एक चीन नीतिप्रतिको प्रतिवद्धता दोहोराए । देउवाले चीनसँग मित्रवत् सम्बन्ध अझ प्रगाढ हुने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस