Latest News

माधव नेपालले लगाए दिमाग, मन्त्री बनेको १५ दिन नबित्दै मेटमणि चौधरीको पद चैट !

Nepalese Times July 9, 2022 (2 Year ago)    789 Views

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीको तर्फबाट मेटमणि चौधरीसहित ४ मन्त्री र एक राज्यमन्त्री नियुक्त भए । मन्त्री बन्नुअघि चौधरी  नेकपा एकीकृत समाजवादी पार्टीको लम्बिनी प्रदेश अध्यक्ष थिए ।

तर  मन्त्री बनेपछि उनको अध्यक्ष पद भने चैट भएको हो । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एक व्यक्ति एक पदको कार्यान्वयन गर्ने भन्दै नयाँ दिमाग लगाउँदै चौधरीलाई अध्यक्ष पदबाट हटाएका हुन् ।

बैठकले प्रदेश अध्यक्षमा मेटमणिलाई हटाएर आफ्ना सम्धी सोमप्रसाद पाण्डेलाई अध्यक्षमा बनाएका छन् । पार्टी संगठनमा बढी सक्रिय देखिएका चौधरीलाई हटाएर पाण्डेलाई ल्याइएपछि माधव नेपाललाई परिवारवादको आरोप लागेको छ ।

यस्तै पार्टीको केन्द्र र प्रदेश कमिटीमा रहेका नेताहरुको भूमिका हेरफेर गरिएको छ । प्रदेश सचिव एवं रुपन्देही अध्यक्ष रहेका राजु गुरुङले जिल्ला अध्यक्षको जिम्मेवारी छाडेका छन् भने रुपन्देही अध्यक्षमा अविराम विक चयन भएका छन् ।

उपाध्यक्ष रहेका सिद्धिचरण भट्टराई लुम्बिनी विकास कोषको कोषाध्यक्ष नियुक्त भएकाले उनको ठाउँमा श्रीराम यादवलाई ल्याइएको हो ।

अर्का उपाध्यक्षमा चीनबहादुर गुरुङ, सचिवमा सरिता श्रीस, उपसचिवमा थानेश्वर खरेल, टंक पोखरेल र मीरा श्रेष्ठ चयन भएका छन् ।

रुपन्देही जिल्लाको नेतृत्व हेरफेरसम्बन्धी जिल्ला समितिले गरेको सिफारिस प्रदेश समितिले अनुमोदन गरेको प्रदेश सचिव राजु गुरुङले बताए । वैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै १२ वटै जिल्लामा निर्वाचन अभियान थाल्ने निर्णय गरेको छ ।

वैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा ५ दलीय गठबन्धन कायम रहने भएपनि गठबन्धनको मात्र भर नपरी संगठन विस्तार र परिचालनमा केन्द्रित हुन निर्देशन दिएका सचिव गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस