काठमाडौं ।
बुढीगंगा नगरपालिका ३ मा पनि नेकपा एमाले उम्मेदवार खडकबहादुर अधिकारी विजयी भएका छन् ।
नेपाली काँग्रेसका उम्मेदवार गोरख बहादुर रौलेलाई पछि पार्दै एमालेबाट वडा अध्यक्षका उम्मेदवार अधिकारी विजयी भएका हुन् ।
अधिकारीले ५ सय २८ ल्याएका छन् भने उनका प्रतिदन्द्धी रौलेले २ सय १९ मत मात्र प्राप्त गरेका छन् ।
सोही वडाबाट एमालेका मेयर उम्मेदवारले ५ सय ११ काँग्रेस मेयरको २ सय ३२ र एमाले उपमेयर ५ सय २६ काँग्रेस उपमेयर २ सय १४ मत पाएका छन् ।
कुल १ हजार ३ सय ४० मतदाता रहेको सो वडामा ७ सय ६७ सय मत खसेको थियो ।१० वटा वडामा ६ वटा वडाको मतगणना सम्पन्न मध्य ५ वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन भने वडा न ८ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा बिजयी भएका छन ।
बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् ।
कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले बताएका छन् ।