Latest News

बुढीगंगाको पछिल्लो मत परिणाम सार्वजनिक, ४३५६ मत गनेर सकिँदा कसले कति पाए ?

Nepalese Times July 9, 2022 (2 Year ago)    537 Views

काठमाडौं ।

बुढीगंगा नगरपालिकाको मत गणना चलिरहेको छ । पछिल्लो अपडेट अनुसार अहिलेसम्म ४३५६ मत गतेर सकिएको छ भने नेकपा एमालेका उम्मेदवार अगाडि रहेका छन् ।

नेकपा एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले २६९० मत पाएका छन् भने मेयरका अर्का उम्मेदवार नेपाली कांग्रेसका रंगबहादुर खातीले १४२५ मत ल्याएका छन् ।

उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार मायाकुमारी खड्का कुवँरले २६२४ मत र कांग्रेसका रीता शाहीले १४७२ मत पाएकी छिन् ।

वडा नम्बर २ मा एमाले उम्मेदवार विजयी भएका छन् । फराकिलो मतान्तरसहित एमाले उम्मेदवार पदम भण्डारी विजयी भएका हुन् ।

उनले ८३८ मत ल्याउँदा प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार दलबहादुर थापाले २३५ मतमात्रै प्राप्त गरेका थिए । यसअघि वडा नं १, ९ र १० मा पनि एमाले विजयी भएका छन् ।

यस्तै वडा नम्बर १ को अध्यक्षमा एमालेका रणबहादुर थापा विजयी भएका छन् भने ९ मा एमालेकै मीनबहादुर सिंह निर्वाचित भएका छन्। वडा नं। १० मा पनि एमालेका दलबहादुर साउद विजयी भएका छन्।

यस्तै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज कर्णबहादुर थापा बुढीगंगा नगरपालिकाको पछिल्लो मत परिणामले उत्साहित भएका छन् ।

उनले बसढीगंगामा भएको स्थानीय चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, आईजीपी धिरजप्रताप सिंह एकसाथ हारिरहेका टिप्पणी गरेका छन् ।

वैशाख ३० गतेको निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग भएपछि चुनाव स्थगित गरिएको थियो । स्थगित चुनाव असार २३ गते सम्पन्न भएको छ । चुनावको पछिल्लो मतपरिणामअनुसार नेकपा एमाले विजयउन्मुख देखिएसँगै उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस