Latest News

बुढीगंगाको पछिल्लो मत परिणाम सार्वजनिक, ३६४८ मत गन्दा कसले कति मत ल्याए ?

Nepalese Times July 9, 2022 (2 Year ago)    552 Views

काठमाडौं ।

बाजुराको बुढीगंगा नगरपालिकाको मत गणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँ दुई हजार १९६ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले एक हजार२३९ मत प्राप्त गरेका छन्। अहिलेसम्म‌ ३ हजार ६४८ मत गणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

त्यस्तै, उपप्रमुखमा एमालेकी मायाकुमारी खड्का कुवँर २१७२ मत ल्याउँदै अगाडि छिन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले १२६२ मत ल्याएकी छिन्। अहिलेसम्म नगरपालिकाको वडा नम्बर १, ९ र १० को मत गणना सम्पन्न भइसकेको छ।

वडा नम्बर १ को अध्यक्षमा एमालेका रणबहादुर थापा विजयी भएका छन् भने ९ मा एमालेकै मीनबहादुर सिंह निर्वाचित भएका छन्। वडा नं। १० मा पनि एमालेका दलबहादुर साउद विजयी भएका छन्।

यस्तै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज कर्णबहादुर थापा बुढीगंगा नगरपालिकाको पछिल्लो मत परिणामले उत्साहित भएका छन् ।

उनले बसढीगंगामा भएको स्थानीय चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, आईजीपी धिरजप्रताप सिंह एकसाथ हारिरहेका टिप्पणी गरेका छन् ।

वैशाख ३० गतेको निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग भएपछि चुनाव स्थगित गरिएको थियो । स्थगित चुनाव असार २३ गते सम्पन्न भएको छ । चुनावको पछिल्लो मतपरिणामअनुसार नेकपा एमाले विजयउन्मुख देखिएसँगै उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

सरकारका महान्यायाधिवक्ता खम्बबहादुर खातीका दाइ रंगबहादुर खाती बुढीगंगामा नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार छन् । दाइलाई चुनाव जिताउन महान्यायाधिवक्ताले पदीय दुरुपयोग गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस