Latest News

एमालेले बुढिगंगाको अर्को वडा पनि जित्यो, गठबन्धनका उम्मेदवारले कति मत ल्याए ? (परिणामसहित)

Nepalese Times July 9, 2022 (2 Year ago)    1403 Views

काठमाडौं ।

बाजुराको बुढीगंगा नगरपालिकामा एमालेले तेस्रो जित हासिल गरेको छ ।

वडा नं. ९ मा गठबन्धनका उम्मेदवारलाई हराउदै नेकपा एमालेका उम्मेदवार मीन बहादुर सिंह विजयी भएका छन् । नेकपा एकृकित समाजवादीका उम्मेदवार भरत बहादुर थापालाई पराजित गर्दै उनी विजयी भएका हुन् ।

विजयी सिंहले ४ सय ९२ मत ल्याएका छन् भने भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका हुन् ।

सोही वडा बाट एमालेका मेयरको ५ सय ४२ काँग्रेस मेयरको २ सय ५६ र एमाले उपमेयर ५ सय ४२ काँग्रेस उपमेयर २ सय ६० मत ल्याएका छन् ।

१४ सय ८३ मतदाता रहेको वडामा ९ सय ३ मत खसेको थियो । पराजित गठबन्धनका उम्मेदवार भरत बहादुर थापा २०७४ सालमा एमालेबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

बुढीगंगा नगरपालिमा एमालेको यो तेस्रो वडा जित हो । १ र १० मा पनि एमालेको वडा अध्यक्ष विजयी भएका थिए ।

बुढीगंगा ९ बाट मेयर पदमा नेकपा एमालेका उम्मेदवारले ५७२ र कांग्रेसका उम्मेदवारले २५६ मत ल्याएका छन् । उपप्रमुखमा एमालेका उम्मेदवारले मत र कांग्रेसका उम्मेदवारले २६० मत ल्याएका छन् ।

यस्तै पछिल्लो मत परिणाम अनुसार वडा नम्बर २ मा पनि नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् । वडा नम्बर २ मा मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँले ४५३ मत पाएका छन् ।
सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रंगबहादुर खाँतीले १२६ मत पाएका छन् ।

यस्तै यस वडाबाट उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ४६२ मत ल्याएकी छिन् । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार ग्रेसकी रिता शाहीले ११९ मत पाएकी छिन् ।

वडा अध्यक्षमा पनि एमालेका उम्मेदवारले ४५० मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवारले १३१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस