काठमाडौं ।
बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन्।
पछिल्लो मत परिणाम अनुसार वडा नम्बर २ मा पनि नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् । वडा नम्बर २ मा मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँले ४५३ मत पाएका छन् । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रंगबहादुर खाँतीले १२६ मत पाएका छन् ।
यस्तै ये वडाबाट उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ४६२ मत ल्याएकी छिन् । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार ग्रेसकी रिता शाहीले ११९ मत पाएकी छिन् ।
वडा अध्यक्षमा पनि एमालेका उम्मेदवारले ४५० मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवारले १३१ मत पाएका छन् ।
बूढीगङ्गामा नयाँ जनप्रतिनिधि चुन्न अस्ति बिहीवार पुनः मतदान भएको थियो । त्यहाँ १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टका अनुसार वडा नम्बर १ मा ८३१, वडानम्बर २ मा एक हजार ११९, वडानम्बर ३ मा ७६७ , वडानम्बर ४ मा एक हजार २१०, वडानम्बर ५ मा ८१८ मत खसेको छ ।
यस्तैगरेर वडा नम्बर ६ मा ७९०, वडानम्बर ७ मा ८८१ , वडानम्बर ८ मा ७००, वडानम्बर ९ मा ९०३ र वडानम्बर १० मा एक हजार १०९ मत खसेको छ ।
१० वडामा १० मतदानस्थल र १९ वटा मतदान केन्द्र रहेका थिए । निर्वाचन धाँदलीरहित बनाउनका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान गरेर एक मतदान स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।