काठमाडौं ।
बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा ९एमाले०का उम्मेदवारले अग्रता कायमै राखेका छन्।
शनिबार बिहान ७ बजेसम्म दुई हजार ९३७ मत गणना भएको छ। मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँले एक हजार ७३२ मत पाएका छन्।
त्यस्तै, सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रंगबहादुर खाँतीले एक हजार ३० मत पाएका छन्। शुरुआति अग्रता लिएका खाँती गएरातिदेखि भने पछि परेका छन्।
त्यस्तै, उपमेयरमा एमालेकी मायाकुमारी खड्काले अग्रता कायमै राखेकी छन्। उनले शुरुआतदेखि नै अग्रता बनाएकी छन्। उपमेयरमा एमालेकी खड्काले एक हजार ६८७ मत पाएकी छन् भने कांग्रेसकी रिता शाहीले एक हजार ६७ मत पाएकी छन्।
बूढीगङ्गामा नयाँ जनप्रतिनिधि चुन्न अस्ति बिहीवार पुनः मतदान भएको थियो । त्यहाँ १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो ।
वडा नम्बर १ मा एमालेका रणबहादुर थापासहित प्यानल नै विजयी भएको छ भने कांग्रेसका वडाअध्यक्ष उम्मेदवार लोगबहादुर थापा पराजित भएका छन् ।
थापाले ३ सय ५३ मत र कांग्रेसका लोगबहादुर थापाले ३ सय १८ मत ल्याएका हुन् । त्यस्तै वडा नम्बर १० मा नेकपा एमालेका दलबहादुर साउद विजयी भएका छन् ।
कांग्रेसका उम्मेदवार मोहनबहादुर बुढा पराजित भए । विजयी साउदले ५ सय ४८ मत प्राप्त गर्नुभयो भने पराजित बुढाले ४ सय ९१ मत ल्याएका छन् ।
बूढीगङ्गामा नयाँ जनप्रतिनिधि चुन्न अस्ति बिहीवार पुनः मतदान भएको थियो । त्यहाँ १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो ।