Latest News

बुढिगंगाको अर्को वडामा पनि एमाले अत्याधिक मतले अगाडि, कसको मत कति ?

Nepalese Times July 9, 2022 (2 Year ago)    461 Views

काठमाडौं ।

बाजुराको बुढिगंगा नगरपालिकाको मत गणना चलिरहेको छ । अहिले वडा नम्बर ९ को मतगणना चलिरहेको छ । वडा नम्बर ९ मा ६०० मत गणाना गर्दा एमाले ३ गुणा बढि मतसहित अघि देखिएको छ ।

पछिल्लोमत परिणाम अनुसार नेकपा एमालेका मेयर उम्मेदवारले यो वडामा ४०७ मत पाएका छन् । यस्तै उपमेयर उम्मेदवारले ३८८ र वडा अध्यक्ष उम्मेदवारले ३४१ मत पाएका छन् ।

यस्तै नेपाली कांग्रेसका मेयर पदका उम्मेदवारले १४३, उपमेयरका उम्मेदवारले १४८ र वडा अध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवारले १७९ मत पाएका छन् । अहिले पनि मतगणना चलिरहेको छ ।

बूढीगङ्गामा १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशतले मतदान गरेका छन् । मतदानमा ३६.०२ प्रतिशत महिला र ३०.७३ प्रतिशत पुरुष सहभागी भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टका अनुसार वडा नम्बर १ मा ८३१, वडानम्बर २ मा एक हजार ११९, वडानम्बर ३ मा ७६७ , वडानम्बर ४ मा एक हजार २१०, वडानम्बर ५ मा ८१८ मत खसेको छ ।

यस्तैगरेर वडा नम्बर ६ मा ७९०, वडानम्बर ७ मा ८८१ , वडानम्बर ८ मा ७००, वडानम्बर ९ मा ९०३ र वडानम्बर १० मा एक हजार १०९ मत खसेको छ ।

१० वडामा १० मतदानस्थल र १९ वटा मतदान केन्द्र रहेका थिए । निर्वाचन धाँदलीरहित बनाउनका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान गरेर एक मतदान स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस