Latest News

बुढिगंगा नगरपालिकाको अर्को वडा पनि एमालेले जित्यो (मतपरिणामसहित)

Nepalese Times July 9, 2022 (2 Year ago)    950 Views

काठमाडौं ।

बुढिगंगा नगरपालिका १० मा नेकपा एमालेका उम्मेदवार दलबहादुर साउद विजयी भएका छन् । काँग्रेसका उम्मेदवार मोहन बहादुर बुढालाई पराजित गर्दै साउद विजयी भएका छन् ।

विजयी दलबहादुर साउदले ५ सय ४८ मत ल्याएका छन् भने मोहन बहादुर बुढाले ४ सय ८१ मत ल्याएका छन् ।

सोही वडा बाट एमालेका नगरप्रमुखका उम्मेदवार राम बहादुर बाँनियाले ६ सय २ काँग्रेसका उम्मेदवार रङ्ग बहादुर खातिको ४ सय ३६ मत ल्याएका छन् ।

उपप्रमुख एमाले उम्मेदवारको ५ सय ७५ र नेपाली काँग्रेस उपमेयर ४ सय ७१ मत ल्याएका छन् । बुढिग‌गाको यो भन्दा पहिला वडा नम्बर एकमा पनि एमाले विजयी भएको छ । १७ सय ७८ मतदाता रहेको वडामा ११ सय ९ मत खसेका थिए । बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो ।

बूढीगङ्गामा १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशतले मतदान गरेका छन् । मतदानमा ३६.०२ प्रतिशत महिला र ३०.७३ प्रतिशत पुरुष सहभागी भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टका अनुसार वडा नम्बर १ मा ८३१, वडानम्बर २ मा एक हजार ११९, वडानम्बर ३ मा ७६७ , वडानम्बर ४ मा एक हजार २१०, वडानम्बर ५ मा ८१८ मत खसेको छ ।

यस्तैगरेर वडा नम्बर ६ मा ७९०, वडानम्बर ७ मा ८८१ , वडानम्बर ८ मा ७००, वडानम्बर ९ मा ९०३ र वडानम्बर १० मा एक हजार १०९ मत खसेको छ ।

१० वडामा १० मतदानस्थल र १९ वटा मतदान केन्द्र रहेका थिए । निर्वाचन धाँदलीरहित बनाउनका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान गरेर एक मतदान स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

वैशाख ३० गतेको चुनावमा सुरक्षा व्यवस्था कमजोर हुँदा २,३,५ र ९ एमाले, ४ र ७ मा कांग्रेसले वुथ कव्जा गरेको कारण यसपटक सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस