Latest News

तरुण दलका अध्यक्ष गुरुङले भेटे प्रकाशमान र शेखरलाई, के–के भयो कुराकानी ?

Nepalese Times July 8, 2022 (2 Year ago)    478 Views

काठमाडौं ।

नेपाली कांग्रेस निकट नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङले दौडधुपलाई अघि बढाएका छन् । उनले आज नेपाली काङ्ग्रेसको नेताद्वय प्रकाशमान सिंह र शेखर कोइरालासँग भेटवार्ता गरेका छन् ।

अध्यक्ष गुरुङले पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइरालासँग छुट्टाछुट्टै भेट गरेका हुन् । भेटका अवसरमा दुबै नेताले तरुण दल संगठनको बिस्तारको बिषयमा चासो राखेका थिए ।

दुबै नेताले तरुण अध्यक्ष गुरुङलाई संगठनको हरेक कार्यमा आफ्नो साथ, सुझाव र पुर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त जनाएका छन् ।

अध्यक्ष गुरुङले आफ्नो कार्यकालमा नजिकिदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा नेपाली काङ्ग्रेसलाई बहुमतले जिताउन तरुण दल लाग्ने र उक्त कार्यको लागि नेताहरुबाट पुर्ण सहयोगको अपेक्षा रहेको बताएका थिए ।

कांग्रेसका प्रमुख भ्रातृसंस्था नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले अध्यक्ष पाएको चार महिना पुग्न लाग्दासम्म थप पदाधिकारी र सदस्य पाएका छैनन् ।

पार्टी सभापति शेरबहादुर देउवाले चैतको दोस्रो साता नेविसंघका दुजाङ शेर्पा र तरुण दलमा विद्वान गुरुङलाई अध्यक्ष मनोनीत गरेका थिए । तर, यी दुवै संस्थामा अहिले अध्यक्ष मात्र छन् ।

यी दुवै संस्था र थप अन्य भ्रातृसंस्थाको पूर्णताका लागि केहीसमय अगाडि पार्टीका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई भेटेका थिए । त्यसको झण्डै दुई हप्ता बित्नैलाग्दा पनि दुवै संस्थाले पूर्णताः पाउने सुरसार छैन ।

यस्तोमा तरुण दलका अध्यक्ष विद्वान गुरूङले भने आफ्नो कार्यसमितिको पूर्णताका लागि सक्रियता बढाएका छन् । उनले पार्टीका शीर्ष नेताहरूलाई भेटेर संगठन विस्तार र कार्यसमिति पूर्णताका लागि वातावरण मिलाइदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस