Latest News

फेरि मच्चियो दैलेख काण्ड, म्यासेन्जरमा भाइरल भयो यस्तो अडियो

Nepalese Times July 8, 2022 (2 Year ago)    533 Views

सुर्खेत । शुक्रबार विहानबाटै एउटा अडियो सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा भाइरल गराइएको छ । कतिपयले उक्त अडियो दैलेख काण्डको संज्ञा दिँदै सामाजिक सञ्जालमा व्यांग्यात्मक रुपमा स्टाटस समेत पोष्टिङ्ग गरिरहेका छन् ।

अडियोमा खास नराम्रो छैन् । तर एक व्यक्तिले गाउँकै एक युवतीसँगको शारिरीक सम्पर्क राखेपछि अलपत्र छाडेको विषयबारे चिन्ता गरिएको छ ।

सार्वजनिक रुपमा नभएर व्यक्तिका च्याटमा पठाइएको उक्त अडियो अछाम जिल्लाको रामारोशन गाउँपालिकाको रहेको पुष्टि भएको छ ।

करिव दुई वर्ष अघिको अडियो अहिले भाइरलले बनाइएको जिल्ला प्रहरी कार्यालयका अछामका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले बताएका छन् ।

डाँगीले भने, ‘प्रारम्भीक अनुसन्धानका क्रममा दुई वर्ष पहिलेको अडियो रहेको र अडियोमा पीडित रहनु भएको वास्तविक पीडित युवतीको खोजीमा प्रहरीले काम शुरु गरेको छ ।’

करिव ५९ सेकेण्डको अडियोमा एक युवतीसँग शारिरीक सम्पर्कपछि पेटमा शिशु रहेको विषयमा चिन्ता व्यक्त गरिएको छ ।

रामारोशनकै ति युवाले एक ओडारमा सहमतिमै शारिरीक सम्पर्क राखेको र पेटमा वच्चा रहेपछि ६ महिनादेखी अडियोमा अलपत्र पारेको विषयमा अर्की युवतीले घटनाको विश्लेषण गरेको सुन्न सकिन्छ ।

बच्चा रहेपछि ति युवतीलाई स्वीकार्न नसकिने र बरु आफू जेल बस्न तयार रहेको ति युवाले बताएको अडियोमा बोल्ने युवतीले भन्छिन, ‘गाउँमा राम्रो पहिचान बनाएका प्रख्यात ति व्यक्ति काठमाडौंमा रहेको र उनकै कारण युवतीको पेटमा बच्चा रहेको हो । उहाँले मलाई बहिनी भनेर सम्बोधन गर्नुहुन्छ विचरी उनको अवस्थामा पनि दयनिय छ ।’

२०७७ सालमा रामारोशन गाउँपालिकाका एक युवाले अडियोमा ब्याख्या गरेकी युवतीलाई शारिरीक सम्पर्क गरेको र बच्चा रहेपछि उजुरी गाउँपालिकासम्म पुगेको थियो ।

युवतीको पेटमा ६ महिनाको शिशु रहेकाले गर्भपतन गर्न नसकिने भएपछि उमेर पुगेकाले ६ महिनापछि दुवै जनाको विवाद साम्य गर्नेगरी विवाह गराइदिएको रामारोशन गाउँपाकिालका पूर्व वडाध्यक्ष ताराबहादुर साउँद बताउँछन् ।

प्रतिक्रिया दिनुहोस