काठमाडौं ।
सरकारले फिर्ता भएको नागरिकता सम्बन्धी विधेयक आजै पेश गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को बैठक बसेर आजै विधेयक प्रस्तुत हुने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।
नागरिकताबाट वञ्चित हुनुपरेका सबैलाई समेट्नका लागि यो विधेयक फिर्ता गरिएको भन्दै उनले सरकारले आजै मन्त्रिपरिषद्को बैठकबाट फेरि यो विधेयक प्रस्तुत गर्ने बताए ।
सबै नेपालीलाई नागरिकता प्रदान गर्न सबैको दायित्व भएको बताए। उनले भने, ‘सबै नेपालीलाई नागरिकता प्रदान गर्नु हामी सबैको साझा दायित्व हो। कुनै पनि नागरिक नागरिकताबाट वञ्चीत नहोउन भन्ने हाम्रो उद्देश्य हो। संघीय कानुनबमोजिम लाखौं नेपाली नागरिकलाई नागरिकता प्रदान गर्न सकिएको छैन। संविधानले नागरिक मानेको छ। तर संघीय ऐनको आवश्यक छ ।’
नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन पनि नागरिकता विधेयक ल्याउनुपर्ने अवस्था आएको भन्दै उनले नागरिकताको मूल विधेयकलाई सम्मान गरिने बताए ।
विधेयकलाई पास गर्न नसकेका कारण अध्यादेश ल्याउनुपरेको र पछि त्यसले निरन्तरता नपाएको भन्दै उनलविधेयक फेरि सदनमा ल्याऔं भन्ने नै सरकारको मूल ध्येय रहेको बताए ।
यस सन्दर्भमा सदनका सबै राजनीतिक दलसँग बारम्बार आग्रह गरेका गरएको भन्दै उनले नागरिकता राष्ट्रिय समस्या भइसकेको भन्दै उनले भने, नागरिकता नपाएर फ्रस्ट्रेसन छ। यो विधेयक फिर्ता लिएर अर्को विधेयक ल्याऔं।’
संसदमा विचाराधीन नागरिकता विधेयक फिर्ताको प्रस्तावमाथि छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले भने, ‘दलहरुको बीचमा सहमति गरेर नयाँ विधेयक ल्याउँछौं । नयाँ विधेयक ल्याएर जतिसक्दो छिटो पास गराउने उद्देश्यले सरकारले बिचाराधीन विधेयक फिर्ता लिएको हो ।’
बिचाराधीन विधेयकमा रहेका विवादित विषयहरु कायमै राखेर अगाडि बढाउन भन्दा फिर्ता लिएर नयाँ विधेयक ल्याउँदा सहज हुने र दलीय सहमति जुटाउन पनि सहज हुने भएकाले सरकारले बिचारधीन नागरिकता विधेयक फिर्ता लिएको उनको प्रष्टीकरण छ ।
पहिलो संविधानसभाले संविधान बनाउन नसके पनि दोस्रो संविधानसभाले संविधान बनाएको उल्लेख गर्दै उनले संविधान अनुसार कानुन बनाउन भनेर तत्कालीन सरकारले विधेयक ल्याएको भए पनि त्यसलाई अगाडि बढाउन नसकेको, तत्कालीन सरकारले अध्यादेश ल्याएको त्यो पनि केही दिन कार्यान्वयन भएर रोकिएको उल्लेख गर्दै उनले अब फिर्ता लिएर नयाँ ल्याउँदा भने कानुन बन्ने दृढ विश्वास रहेको बताए ।