1. बाहिर सुन भित्र चाँदी, चाँदीलाई पकाएर मुखभित्र खाँदी, के हो?
– चामल
2. इउँ त इउँ, टिप्नेलाई सय रूपियाँ दिउँ, के हो?
– छायाँ
3. नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाउको अनुहार, के हो?
– बाँदर
4. हुन पनि हो, छन पनि छ, चाहिंदा पनि चाहिंदैन, खोजेर पनि पाईंदैन, के हो?
– भूँईंचालो
5. आकाशमुनि दुई तारा, दुई तारामुनि दुई धारा, दुई धारामुनि भैंसी बस्ने ठूलो आहाल, के हो?
– मानिसको अनुहार
6. हानेर हान्न नसकिने तानेर तान्न नसकिने, के हो?
– पानी
7. स्याउँ स्याउँ चल्ला 12 गाउँ हल्ला, के हो?
– मुत
8. सुरिलो हाँगा एउटै पात, के हो?
– पन्यू
9. सानो सानो रूख छ, चढ्नमा दुख्छ, के हो?
– सिस्नुको बोट
10. तल मादल बजाउने माथि छमछम नाच्ने, के हो?
– चंगा उडाएको
11. भाँडो पाक्छ, चामल पाक्दैन, के हो?
– अम्बा
12. किन्नेले राख्दैन, पाउनेले किन्दैन, के हो?
– उपहार
13. आकाशमा आगो पातालमा पानी, हातले समाई क्वार क्वार खाने, के हो?
– हुक्का र चिलिम तानी तमाखु खाएको
14. दिउँसोभरी सुत्छ, रातभरी उठ्छ, के हो?
– लाटो कोसेरो
15. सेती गाई खोलामा गई, पानी खाई राती भएर आई, के हो?
– कराइमा सेल पकाएको