Latest News

अर्थमन्त्री जनार्दन शर्मालाई हर्क साम्पाङले समेत छाडेनन्, दिए कडा चेतावनी

Nepalese Times July 5, 2022 (2 Year ago)    587 Views

काठमाडौं ।

अर्थ मन्त्रालयको सिसिटिभी फुटेज प्रकरणका कारण अर्थमन्त्री जनार्दन शर्मा विवादित बनिरहेका छन् । उनको राजीनामाको माग गर्दै विरोध प्रदर्शनसमेत सुरु भएको छ ।

अर्थ मन्त्रालय राम्रोसँग संचालन गर्न नसकेको आरोप खेपेका उनले पार्टीमा समेत महत्वपूर्ण भुमिकाबाट बाहिरिन सक्ने सम्भावना बढेको छ । महासचिवको दाबेदार उनी यहि काण्डका कारण त्यो पद गुमाउनुपर्ने अवस्थामा पुगेका छन् ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश तथा एकपछि अर्को विवादस्पद क्रियाकलापका कारण अर्थमन्त्री जनार्दन शर्माको आलोचना उत्कर्षमा पुगेको छ । सीसीटीभी फुटेज माग्दा ‘डिलिट भएको’ अर्थमन्त्रालयले जवाफ फर्काएपछि त्यसविषयको आलोचना झनै बढेको हो ।

यो विषयलाई सुरूदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रमुख एजेण्डा बनाएर अर्थमन्त्रीमाथि कारबाही वा संसदीय छानविनको माग गरिरहेको छ ।

यही क्रममा अर्थमन्त्रालयले सीसीटीभी फुटेज नै डिलिट भएको भन्ने जवाफ दिएपछि यसैलाई जोडतोडका साथ राजनीतिक मुद्दा बनाएर अघि बढेको छ । यस्तै अर्थमन्त्रीमाथिको यो आरोपका विषयमा नागरिकस्तरमा यसको आवाज झनै झांगिदै गएको छ ।

यसै क्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले अर्थमन्त्री जनार्दन शर्माका कारण धरानको बजेट घटेको आरोप लगाएका छन् । संघिय सरकार र प्रदेश सरकारले धरानमा कम बजेट पठाएकाले बजेट घटेको बताएका हुन् ।

सामाजिक संजालमा स्टाटस लेख्दै साम्पाङले संघिय सरकारका अर्थमन्त्री जनार्दन शर्मा र प्रदेशका अर्थमन्त्री इन्द्र आङ्बोले धरानमाथि विभेट गरेकाले बजेट घटेको बताएका हुन् । उनले यसरी बजेट थोरै पठाएर धरानलाई विभेट गरेको आरोपसमेत लगाएका छन् ।

उनले लेखेका छन्, ‘हर्क साम्पाङले थोरै बजेट ल्यायो भन्नहरुले प्रदेशका अर्थमन्त्री इन्द्र आङ्बो र केन्द्र सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई किन धरानलाई हेपेको भनेर खोई सोधेको ।’ उनले लेखेका छन्, ‘आउँदो चुनावमा धरान देखिनेछ यो विभेदको फल ।’

प्रतिक्रिया दिनुहोस