काठमाडौं ।
सामाजिक सञ्जालमा ‘बझाङमा शिक्षकले विद्यार्थीलाई कुटेको’ भन्दै छ्याप्प छ्याप्ती भएको भिडिओको बास्तविकता बाहिरिएको छ ।
भाइरल भएको भिडिओको स्रोत खोज्दै जाँदा नेपालमा सामाजिक संजालमा छ्यापछ्याप्ती भएको भिडिओ बझाङको नरहेको पाइएको छ।
जिल्ला प्रहरी कार्यालयले उक्त भिडिओ बझाङको नभइ भारतको रहेको बताएको छ।
उक्त भिडिओ भारतको पटनास्थित एक कोचिङ सेन्टरमा शिक्षकले छात्रलाई गरेको कुटपिट रहेको खुलेको प्रहरीले जनाएको छ।
‘बालकलाई निर्घात कुट्ने बझाङका शिक्षकलाई तुरुन्त कारबाही गर’ भन्दै मंगलबारदेखि सामाजिक सञ्जाल फेसबुकमा शिक्षकले विद्यार्थीलाई कुटिरहेको भिडिओ भाइरल भइरहेको छ।
मंगलबार आफ्नो आधिकारिक फेसबुक अकाउण्टमा सूचना जारी गर्दै यो भिडिओ भारतको भएकाले भ्रममा नपर्न जिल्ला प्रहरी कार्यालय बझाङले आग्रह गरेको छ।
Heartbreaking video. Teacher beats a 5 year old child mercilessly!
In a coaching at Masaudhi, Patna, the innocent child got unconscious due to the beating of teacher. As soon as the info of child, reached the angry villagers beat up the coaching teacher.pic.twitter.com/9vph4uFmy8— Crime Reports India (@AsianDigest) July 5, 2022