काठमाडौं ।
रामेछापबाट काठमाडौं आउँदै गरेको बस आज बिहान दुर्घटना हुँदा ज्यान गुमाउनेके संख्या ९ पुगेको छ । २४ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज बिहान लुभुघाट भन्ने स्थानमा दुर्घटना भएको हो ।
मृतकहरुकाे पहिचान खुलेकाे छैन । बसमा ल्याइएकाे खसीबाेकाहरु पनि मरेका छन् । बस सडकबाट ४३ मिटर तल खसेकाे थियाे ।
दुर्घटनामा ५ पुरुष र ४ महिलाको घटनास्थलमै ज्यान गएको घटनास्थलमा उद्धार कार्यमा सक्रिय सुनापती गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट चौलागाईंले जानकारी दिइन् ।
उनका अनुसार २१ जना घाइतेलाई गाडीमा राखेर काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ । गम्भीर घाइते ३ जनालाई भने हेलिकोप्टरबाट काठमाडौं पठाइएको उनले जानकारी दिइन् ।
बसमा करिब ३० जना यात्रुलाई सवार थिए । २४ जना घाइतेलाई धुलिखेल अस्पताल ल्याइएको उनले बताए । उनका अनुसार घाइतेकाे उद्धारकाे लागि हेलिकप्टर पठाउने तयारी भइरहेकाे छ ।