Latest News

गाउँखाने कथा

Nepalese Times July 5, 2022 (2 Year ago)    1185 Views

काठमाडौं ।

१. सुरिलो रुखको एउटै पात के हो ?
२. भाँडो पाक्छ चामल पाक्दैन के हो ?

३. नौ दिनसम्म कुनामा बस्छ, दसौँ दिन टाउकामा चढ्छ, के हो ?
४. हिँड्दै छ पाइला मेट्दै छ के हो ?

५. नौतले घरको झ्याल न ढोका, के हो ?
६. आइगुजी पैगुजी पानी देखि डराईगुजी के हो ?

७. भुइँमा इऊँ इऊँ टिपी ल्याउनेलाई सय रूपेैयाँ दिऊँ के हो ?
८. खाऊँ रोटी खाइनसक्नु, दाऊँ बहर दाइँनसक्नु, टेकौँ लौरो टेकिनसक्नु के हो ?

९. नाङ्लोभरि सुपारी, गन्नै नजान्ने व्यापारी के हो ?
१०. बालकमा हरियो, तन्नेरीमा रातो, मानिसले खायो भने जान्छ त्यसको सातो के हो ?

उत्तरहरु :

१. पन्यू २. अम्बा ३. जमरा ४.डुङ्गा ५.बाँस ६.जुत्ता ७.छाँया ८.घाम, बाघ र सर्प ९.जून र तारा १०. खुर्सानी

प्रतिक्रिया दिनुहोस