काठमाडौं ।
नेपाल र भारतवीच सीमा विवाद बेलाबेला सतहमा आउने गर्छ । केपी शर्मा प्रधानमन्त्री भएको समयमा नक्सामा नेपालका केही गुमेका भूभाग समेट्ने काम भएको भए पनि त्यसले सार्थकता पाउन भने सकिरहेको छैन् ।
यसै क्रममा नेपालका केही संचारमाध्यममा केही वर्षअघि भाइरल भएको डोनाल्ड ट्रम्पको ट्वीट फेरि एकपटक भाइरल भएको छ । डोनाल्ड ट्रम्पका नामबाट भाइरल भइएरहेको ट्वीटको याथार्थ खोज्दै जाँदा यो खबर दुई वर्षअघि नै भाइरल भएको खबरलाई अहिले फेरि भाइरल बनाइएको रहेछ ।
ट्रम्पको नामबाट भाइरल भएको ट्वीटमा सुगौली सन्धीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको भनिएको छ । त्यो मात्रै होईन म नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा छु पनि भनिएको छ । अहिलेको प्रधानमन्त्री केपी शर्मा ओली होइनन्, शेरबहादुर देउवा हुन् ।
उनले ब्याक अफ इन्डिया पनि लेखेका छन् । मिति हेरियो भने यो समयमा ट्रम्पले कुनै पनि ट्वीट गरेका छैनन् । अर्को रोचक कुरा के भने यहाँ उक्त ट्वीटमा लाइक २०० वटा र रिट्वीट १ लाख ३ हजार देखिएको छ ।
अहिले यो ट्वीटर ह्याण्डल सस्पेनमा देखिएको छ । https://twitter.com/realDonaldTrump?ref_src=twsrc%5Etfw
सामान्य रुपमा हेर्दा लाइक रिट्वीट भन्दा धेरै हुने गर्दछ । धेरैलाई त जानकारी नै छ कि उक्त ट्वीट सक्कली होईन । तर कतिपयले त्यो कुरालाई सत्य नै भन्ने ठानेर धमाधम सेयर गरिरहेका छन् ।
अर्को कुरा ट्रम्पले एन्ड्रोइडबाट होईन आइफोनबाट ट्वीट गर्ने गरेका छन । अहिले यस्ता खालका धेरै एप्सहरु वा सफ्टवयरहरु पाइन्छन्, जसबाट हामीले यसरी इडिट गर्न मिल्छ । यस्लाई साइबर अप–राध अन्तरर्गत राखेर हेर्न सकिन्छ ।
किनभने यहाँ कुनै एक व्यक्तिको नामबाट अर्कै कुरा भाइरल भइरहेको छ । सीमा विवाद एक गम्भीर समस्या हो त्यसकारण यस्ता खालका वाहियात ट्रोलहरुका पछि लाग्नु शोभनिय हुँदैन । यस्ले के देखाउँछ भने नेपालीहरु सीमा समस्यालाई लिएर जत्ति गम्भीर हुनुपर्ने त्यती छैनन् ।