Latest News

बालेन साहको नगर प्रहरीले मकैको ठेला खोसेकोमा करिश्मा मानन्धरले दिइन् यस्तो प्रतिक्रिया

Nepalese Times July 4, 2022 (2 Year ago)    3004 Views

काठमाडौं । केही दिनअघि काठमाडौं महानगरपालिकाका नगर प्रहरीले पोलेको मकै बेचिरहेको एक ठेला उठाएर लगेको भिडिओ भाइरल बन्यो ।

यससँगै कतिपयले काठमाडौं महानगर प्रहरीले गलत काम गरेको भनेर आलोचना गरेका छन् भने कतिपयले सडक छेउमा बसेर व्यापार गर्न नमिल्ने बताइरहेका छन् ।

यस प्रकरणमा अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धरले पनि मुख खोलेकी छिन् । उनले सडक व्यापारलाई नियन्त्रण गर्ने काठमाडौं महानगरपालिकाको नीतिप्रति असहमति व्यक्त गरेकी छन् ।

कुनै पनि नागरिकलाई देशको समग्र भूमिमा टेक्ने अधिकार रहेको भन्दै करिश्माले भनेकी छिन्, ‘यदि उ अशिक्षित छ, गरिब छ, लाचार छ भनेर जे पनि गर्न मिल्छ ? जे पनि भन्न मिल्छ ? ऊ मान्छे हो कुरा बुझ्छ सम्झाएर भन ।’

उनले स्ट्रिट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा हुने भन्दै आममानिस र पर्यटकहरुले यसबाट आनन्द उठाउने दाबीसमेत गरेकी छन् ।

व्यवस्थापन गर्नतर्फ लाग्नुपर्ने ठाउँमा प्रतिबन्ध र विरोधतर्फ लाग्न खोजिएको भन्दै उनले भनेकी छिन्, ‘कि मकै पोलेर चटपटे बनाएर तारे होटलमा बेच्ने ?’

सडकमा खानेकुरा बेचेर पेट भर्ने तथा सडकको खाएर पेट भर्ने जमात यही सहरमा रहेको भन्दै उनले काठमाडौं महानगरपालिकाको व्यवहार ठिक नभएको बताए ।

‘बाटोमै बेचेको कपडाले तन डाक्ने जमान पनि त छन् होला, जो तपाईंको भारी बोक्छन् वा अन्य काम गर्छन् । सबै बिदेश गएर गल्फको गर्मीमा काम गर्न नसक्ने पनि त छन् होला । के तिनले आफ्नो र आफ्ना छोराछोरीको मुहारमा खुसी भएको सपना देख्न नपाउने ?’ करिश्माले भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस