Latest News

मकै बेच्ने यी दम्पतीलाई उल्टै कारवाही, बालेन साहले फेरि लिए यस्तो ‘एक्सन’

Nepalese Times July 4, 2022 (2 Year ago)    662 Views

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पतीमाथि उल्टै कारबाही गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले आचार्यका दम्पतीलाई कारवाही गर्न नेपाल प्रहरीमा आइतबार निवेदन दिएको छ ।

फुटपाथ अतिक्रमण गरेको भन्दै नगरप्रहरीले कारवाही गर्दा प्रतिवाद गरेका दम्पतीलाई थप कारवाही गर्न महानगरी प्रहरी वृत्त महाराजगञ्जलाई पत्र लेखेको महानगरपालिकाले जनाएको छ ।

मकै बेच्दै गर्दा शुक्रबार काठमाडौं नगर प्रहरीले लछारपछार गर्दै ठेला लगेको भिडियोपछि सामाजिक सञ्जालमा महानगरपालिकाको आलोचना भएको छ । कतिपयले महानगरको कदमको स्वागत पनि गरेका छन् ।

काठमाडौं महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटा आचार्य दम्पतीले प्रहरीमाथि गरेको दुव्र्यवहारलाई वयान गर्दै सञ्चारमाध्यममा दिएका अभिव्यक्ति नै उद्धरण गरेर पत्र लेख्दै प्रहरीलाई कारवाही अघि बढाउन अनुरोध गरिएको बताए ।

प्रहरीलाई अगुल्टोले हानेको, चिम्टाले घोचेको लगायतका कुरा उनीहरुले नै गरेको भन्दै उनले त्यही कुरा लेखेर आवश्यक कारवाही गर्न निवेदन दिएको बताए ।

चेतेन्द्र र सीता दम्पतीले भने नगर प्रहरीले घुस मागेको आरोप लगाएका छन् । घुस माग्न गएका नगर प्रहरीलाई बुधबार अगुल्टोले हानेको आचार्य दम्पतीले पनि स्वीकारेका छन् । प्रहरीले उनीहरुलाई पक्राउ गरेर अभद्र व्यवहार वा अन्य फौजदारी अभियोगको मुद्दा चलाउन सक्ने देखिएको छ ।

फुटपाथमा बेच्नेहरुमाथि दैनिक कारवाही गरिरहेको भन्दै सपकोटाले यस्तो कारबाही निरन्तर भइरहने पनि बताए ।

आफूहरुको जिम्मेवारी नै सहरी सुव्यवस्था कायम गर्ने भएको भन्दै उनले आफूहरुले निरन्तर बजारमा फुटपाथ अतिक्रमण हटाउने काम गर्ने र नियममा जे छ, त्यसलाई कार्यान्वयन गराउने बताए ।

नगर प्रहरीका सब इन्स्पेक्टर (सई० राजन श्रेष्ठमाथि दम्पतीले ५ हजार रुपैयाँ घुस मागेको भनेर लगाएको आरोपबारे भने महानगरपालिका भने नरम छ ।

प्रतिक्रिया दिनुहोस