Latest News

एमालेले तोक्यो १३ विभागीय सचिव, कुन विभागमा को ? (सूचीसहित)

Nepalese Times July 3, 2022 (2 Year ago)    574 Views

काठमाडौं ।

नेकपा एमालेले विभिन्न १३ वटा विभागमा सचिव मनोनयन गरेको छ । विभिन्न केन्द्रीय विभागका सचिवहरू मनोनयन गरिएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले १३ वटा विभागका सचिव मनोनयन गरेको प्रचार विभाग प्रमुख गुरुङले बताए ।

उनका अनुसार मनोनयन भएका सचिवहरूमध्ये वित्त तथा आर्थिक विभागमा डा. भीष्म अधिकारी, संगठन विभागमा सम्झना देवकोटा, उपभोक्ता हित संरक्षण विभागमा मोहिनी खनाल मनोनित भएका छन् ,।

यस्तै श्रम तथा रोजगार विभागमा जनक चौधरी, संसदीय विभागमा डा.सुई पाठक, सामाजिक सेवा विभागमा नेत्र तिम्सिना, संस्कृति विभागमा राजेश थापा, स्थानीय तह विभागमा हर्क राई मनोनित भएका छन् ।

यस्तै प्रचार तथा प्रकाश विभागमा गगन विष्ट, परराष्ट्र विभागमा डा. अन्जान शाक्य, संघीय मामिला विभागमा शिव गुरुङ, ऊर्जा तथा जलस्रोत विभागमा पुष्प ज्योति ढुंगाना र कानून विभागमा डिल्लीराम मैनाली मनोनित भएका छन् ।

यस्तै नेकपा एमाले स्थानीय चुनावमा पार्टी पहिलो शक्तिका रूपमा स्थापित भएको तर अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको छ ।

पार्टीभित्रैबाट भएका अन्तरघात तथा अराजकताका घटनाहरूको छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ ।

आज बसेको पार्टी सचिवालय बैठकले तीन सदस्यीय समिति गठन गरेको हो । बैठकपछि पार्टीका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले चौतर्फी घेराबन्दीका बीचमा एमाले पहिलो शक्तिका रूपमा स्थापित भएको निष्कर्ष निकालिएको बताए ।

‘तर, आन्तरिक समस्याहरूका कारण सोचेबमोजिम नतिजा आएन । अनुशासनहीनता, अराजकता र अन्तरघातका घटनाहरू भए । त्यो सबैलाई सच्याएर आगामी निर्वाचनमा दुरुस्त रूपमा प्रस्तुत हुने पार्टीले निर्णय गरेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस