काठमाडौं ।
काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनीता डंगोलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानबाट आफू प्रभावित भएको बताएकी छन् ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा उनले देश विकासको कामलाई तीव्र गतिमा लैजान एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्नुपर्नेमा जोड दिइन् ।
‘समृद्ध नेपाल, सुखी नेपालीको नाराबाट नै म प्रभावित भएको हुँ । फेरि विकासको लहर आउनुपर्छ । नेकपा एमालेको नेतृत्वमा सरकार बनाउनुपर्छ’ उनले भनिन् ।
‘पुनः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुपर्छ, उनले भनिन्, ‘देश विकासमा भएका कामलाई तीव्र गतिमा लैजान सक्छौँ । समृद्ध नेपाल, सुखी नेपालीलाई नारामा होइन, यथार्थमा बदल्न यो आवश्यक छ ।’
उनले समृद्ध नेपाल, सुखी नेपालीलाई नारालाई सार्थक बनाउन ओली नै फेरि प्रधानमन्त्री बन्नुपर्ने बताएकी हुन् । डंगोलले विकासको कामलाई तीव्र गतिमा लैजान केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्नुपर्नेमा बताएकी छन् ।
अबको संघीय निर्वाचनबाट एमालेले दुईतिहाइ बहुमत ल्याउनुपर्ने र त्यसको आधार स्थानीय निर्वाचन भएको उनको भनाइ छ । अबको संघीय निर्वाचनबाट एमालेले दुईतिहाइ बहुमत ल्याउनुपर्ने र त्यसको आधार स्थानीय निर्वाचन भएको उनको भनाइ छ ।