Latest News

अन्तिम समयमा बागमतीमा नयाँ ट्वीस्ट: मुख्यमन्त्री पाण्डेलाई एमालेको साथ, चाले यस्तो कदम

Nepalese Times July 2, 2022 (2 Year ago)    633 Views

काठमाडौं । राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्री छाड्न मानेका छैनन् । नेपाली काँग्रेसलाई आधा कार्यकाल मुख्यमन्त्री दिने पूर्वसहमति विपरित पाण्डेले नयाँ रणनीति चालेका छन् ।

काँग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने चर्चा चलेपनि पाण्डे पछि हटेका छैनन् । उनले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउनुपर्ने हुन्छ ।

अविश्वासको प्रस्ताव काँग्रेससहितको गठबन्धनबाट आएमा नयाँ घटना विकास हुनसक्छ । पाण्डेको सरकारलाई नेकपा एमालेले समर्थन गरिदियो भने बागमतीमा गठबन्धमै धक्का लाग्न सक्छ ।

यसकारण पनि काँग्रेसले बागमती प्रदेशको सरकारमा विगतको सहमति अनुसार पाण्डेलाई छाड्न लगाउन खोजिरहेको छ ।

माधवकुमार नेपालनिकट मानिने पाण्डे पछिल्लो समय फरक तरिकाले सक्रिय भएका छन् । उनी वाम एकताको पक्षमा रहेको बुझिएको छ ।

स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट आफूहरुले धोका पाएको एकीकृत समाजवादीको गुनासो छ । आउँदो संसदीय चुनावमा पनि आफूहरुले ठूलो धोका पाउने भएकोले अहिले नै सहि बाटो लाग्नुपर्ने एकीकृत समाजवादीका नेताहरुको रणनीति छ ।

केही दिनदेखि वामदेव गौतमले नेकपा एकता अभियान नै घोषणा गरेर वाम एकताको प्रयास थालेका छन् । आउँदो संसदीय चुनावसम्ममा वाम एकता गरेर अघि बढ्नुपर्ने भन्दै केही कम्युनिष्ट नेताहरुले दौडधुप गरिरहेका छन् ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगायतसँग भेट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस