Latest News

कञ्चनपुरकी २४ वर्षीया गौमतीले जन्माइन् एकै पटक ३ वटा बच्चा, बधाई दिनेको लर्को

Nepalese Times July 1, 2022 (3 Year ago)    874 Views

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणिकी गौमती कुँवरले एकै पटक ३ वटा बच्चा जन्माएकी छिन् ।

धनगढीमा रहेको माया मेट्रो अस्पतालमा २४ वर्षीया कुँवरले बिहीबार राति ११ बजे दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन्।

अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था ठिक रहेको अस्पतालले जनाएको छ । गर्भवती भएको सात महिनामै गौमतीले शल्यक्रियामार्फत् तिम्ल्याहा बच्चालाई जन्माएकी हुन् ।

जन्मेका शिशुहरूको तौल १.६, १.६ र १.५ किलो रहेको छ। तिम्ल्याहा बच्चालाई जन्म दिने गौमतीलाई र उनका श्रीमान् गणेशबहादुर कुँवरलाई बधाई दिनेको लर्को लागेको छ।

सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको तस्वीरमा तिम्ल्याहा बच्चालाई काखमा समातेका गणेश निकै खुसी देखिएका छन्।

प्रसूति व्यथाले च्यापेपछि गौमतीलाई परिवारजनले हिजो साँझ अस्पताल लगेका थिए।

प्रतिक्रिया दिनुहोस