Latest News

बाबुराम भट्टराईले नयाँ पार्टी खोल्ने, यी नेताहरुले साथ दिने

Nepalese Times June 30, 2022 (2 Year ago)    455 Views

काठमाडौं । डा. बाबुराम भट्टराईले नयाँ पार्टी खोल्ने भएका छन् ।

भट्टराई र उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) आन्तरिक विवादका कारण फुट्ने निश्चित भएसँगै भट्टराईले नयाँ पार्टी खोल्न लागेका हुन् ।

लामो समयदेखि पार्टीभित्र भएको विवादलाई अन्त्य गर्न नसक्दा जसपा फुटको संघारमा पुगेको हो । पार्टीबाट सरकारमा सहभागी मन्त्रीको विषयमा पनि उक्त पार्टीभित्र विवाद उत्पन्न भएको थियो ।

भट्टराई निकट एक नेताका अनुसार डा। भट्टराईले बुधबार साँझ उपेन्द्र यादवलाई बोलाएर पार्टी फुटाउने प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव यादवले स्वीकार गरेको र अब सहमतिमा छुट्न दुवै पक्ष तयार भएको ती नेताले जानकारी दिए ।

एक नेताका अनुसार जसपा पार्टी उपेन्द्र यादवसँग रहने भएको छ। भट्टराईले भने नयाँ पार्टी खोल्ने भएका छन्। जसपा पार्टी र चिन्ह नपाएपछि भट्टराईले नयाँ पार्टी खोल्ने भएका छन्।

पार्टी विभाजन हुने भएपछि कतिजना सांसद भट्टराईको पक्षमा उभिने र कति जना यादवको पक्षमा उभिने भन्ने निश्चित भएको छैन। उपेन्द्र पक्षका एक नेताका अनुसार सांसदहरू महिन्द्र राय, राजकिशोर यादव र अमृता अग्रहरी बाबुरामसँग जान सक्ने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस