Latest News

फिर्ता भएका मन्त्री बोल्नै छाडेको भन्दै माधव नेपालले दिए यस्तो प्रतिक्रिया

Nepalese Times June 29, 2022 (2 Year ago)    603 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारबाट फिर्ता भएका मन्त्रीहरू आफूसँग बोल्नै छाडेको बताएका छन् ।

नेपालले मन्त्रीबाट फिर्ता भएदेखि अधिकांश मन्त्री पार्टीको बैठकमासमेत सहभागी नभएको गुनासो गरे ।

फिर्ता भएका मन्त्रीले आफू लगायतका नेतासँग राम्रोसँग बोलचालसमेत नगरेको बताए ।

फिर्ता भएका मन्त्रीहरुले आफूलाई ६ महिनाका लागि मात्रै सरकारमा पठाइएको हो भनेको आफूले सुन्न चाहेको उनले बताए ।

सरकारबाट फिर्ता भएपछि प्रेम आलेले सो कुरा सार्वजनिक रूपमा नै भनेको उल्लेख गर्दै अध्यक्ष नेपालले अन्य मन्त्रीहरूले समेत आफू ६ महिनाका लागि मात्रै सरकारमा सहभागी भएको हुँ भनेर भन्नुपर्ने बताए ।

४ जना मन्त्रीमध्ये अहिलेसम्म प्रेमबहादुर आलेले मात्रै ६ महिनाका लागि हामीलाई सरकारका पठाएको हो भनेको भन्दै उनले त्यो बाहेक अरू एक जनाले पनि नभनेको बताए ।

उनले भने, ‘अझै पनि मेरा यी कानले सुन्ने गरी, बुझिने गरी पटक–पटक ६ महिनाका लागि हामीलाई पठाएको हो भनेको सुन्न मन त ।’

‘मलाई मात्र होइन हाम्रो पार्टीलाईसमेत ६ महिनाका लागि मात्रै हामीलाई सरकारका पठाएको हो भनेको सुन्न मन छ’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस