Latest News

पक्राउ पुर्जी जारी भएपछि एमालेबाट काठमाडौंका वडाअध्यक्ष महर्जनले दिए यस्तो प्रतिक्रिया

Nepalese Times June 29, 2022 (2 Year ago)    629 Views

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ४ का अध्यक्ष दिनेश महर्जनले १२ हजार वृद्ध भत्ता हिनामिना गरेको भन्दै आफु विरुद्ध पक्राउ पुर्जी जारी गरिनु पार्टीगत प्रतिसोधको पराकाष्ठा रहेको बताएका छन् ।

यो प्रकरणमा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको र सो विषय सामान्य मानवीय त्रुटी मात्र भएको बताउदै अध्यक्ष श्रेष्ठले चुनावमा आफूसँग पराजित भएकाहरुले शक्ति र सत्ताको चरम दुरुपयोग गरेको बताए ।

अख्तियारले सफाइ दिएको र जिल्ला सरकारी वकिलको कार्यलयले खोल्नु नपर्ने भनि थन्काएको मुद्दामा पहिला वडा अध्यक्ष मोहन बिष्ट लगायत भनेर सम्बोधन गरिएको भएपनि अहिले दिनेश महर्जन सहित भन्ने बनाएर पक्राउ पुर्जी जारी गर्नु गलत भएको बताए ।

उनले पक्राउ पुर्जी जारी गर्नु केवल राजनीतिक प्रतिसोध बाहेक केहि नभएको बताउदै वडावासीको शिर निहुराउने काम कहिले पनि नगरेको र नगर्ने प्रतिवद्धतासमेत जनाए ।

यस्तो छ उनको विज्ञप्ति

पार्टीगत प्रतिसोधको पराकाष्ठा ! (१२००० वृद्व भत्ता बारे)
म दिनेश महर्जन हालको निर्वाचित का म पा ४ वडा अध्यक्ष पछिलो कार्यकाल निर्वाचित वडा सदस्य भएर आफ्नो जिम्मेवारि निभाउने क्रममा, जुन रु १२००० बृद्वभत्ता हिनामिना गरेको आरोप लगाइ म लगायत पुर्व वडा अध्यक्ष मोहन बिष्ट र पुर्व वडा सदस्य धुर्ब त्रिपाठि बदनाम गराउने साथै शक्ति र सताको चरम दुरुपयोग गरि अपराधी बनाई पक्राउ पुर्जि जारि गर्ने कार्य भएको छ।

यो केवल चुनावमा म सङ पराजित मित्रहरुले प्रतिसोध साचि, मेरो चरित्र हत्या गर्ने र मलाई बदनाम गराउने प्रपोगान्डा मात्रै भएको कुरा सम्पुर्ण वडा-वासिलाई जानकारी भएकै कुरा हो।
यहाँ सम्पुर्णलाई यो अवगतनै छ, हाम्रो वडाले वृद्व बृद्वालाई वृद्व भत्ता घरघरै पुर्याई सेवा गरिरहेको थियो र छ ।

उक्त्त कार्यको लागि तत्कालिन वडा अध्क्षय मोहन बिष्ट आफ्नो कृयासिलता बढाउन सो कार्य आफ्नै अग्रसरतामा सकुन्तला नेपाल र सृजना ढुङानालाई साथ लिएर आफै घर-घर गइ सेवा भावले बितरण गर्नु भएको हो। सोहि क्रममा क्रमागत रुपम १७ नम्बरको वृद्वाले लिएको नगद १८ नम्बरको वृद्वा ले लिएको भनि हस्ताक्षर हुन गयो, जुन केवल एउटा सानो मानविय त्रुटि मात्रै थियो र पछि पहिचान हुना साथ सच्याउने कार्य पनि भयो। यहि घटनालाई, नेपाली काग्रेसका साथिहरुले बिकराल बनाइ, हामीलाई अपराधी बनाउने र चुनाव जित्न एजेन्डा बनाई प्रस्तुत गर्नु भयो, जबकि यस घटनामा म र धुर्व त्रिपाठिको कहि कतै संलग्नता छैन।

चुनावमा आफ्नो स्वतः पराजय देखे पछि अख्तियारले सफाइ दिएको र जिल्ला सरकारी वकिलको कार्यलयले खोल्नु नपर्ने भनि थन्क्याएको पहिले वडा अध्क्षय मोहन बिष्ट लगायत भनि सम्बोधन गरिएको मुद्दा पछि एकाएक महान्यायाधिवक्ताको कार्यलयबाट स्थानिय निर्वाचनमा मेरो उम्मेदवारी रोक्ने हेतु दिनेश महर्जन लगायत भनि पक्राउ पुर्जि जारि गरियो।

वडा बासि सम्पुर्णलाई यो जानकारी भएकै कुरा थियो त्यसैले, सबै नकारात्मक प्रचारवाजिका वावजुद, तपाईहरु को आशा र भरोसा ममा रहि रहयो र यस निर्वाचनमा मैले कहिले आक्षेप नलगाएको मेरो प्रतिद्वन्द्वी साथि भन्दा दोब्बर भन्दा बढि मत दिएर मलाई निर्वाचित गराई, यो सिद्द गरिदिनु भयो कि, गलत हल्ला गरि अरुलाई बदाम गराउनेले होइन चुनाब त निस्वार्थ भावले सेवा गर्नेले नै जित्छ।

यो शृङ्खला अझै रोकिएको छैन, जिल्ला सरकारी वकिलको कार्यलयले मुद्दा चलाउन नमिल्ने भनि माथि पठाएको फाइलबाटै सत्ता र शक्तिको आडमा फेरि एक चोटि काठमाडौं जिल्ला अदालतले नियमै मिचेर पक्राउ पुर्जि जारि गरेको छ जुन ज्यादै अचम्मित तुल्याउने किसिमको छ जुन सत्ता र सक्तिको चरम दुरुपयोगको पराकाष्ठा हो। महानगरपालिका काठमाडौंको मुटु बालुवाटार सहितको ४ न वडाको म स्वयम् वडा अध्क्षय समेतलाई संम्लग्नै नभएको घटनामा यो अन्याय पार्ने मेरो देशको नियमले सर्वसाधारणलाई झन के गरिरहेको होला?

अन्तमा मलाई विश्वास गर्नु हुने सम्पुर्ण वडा वासिलाई यो भरोस दिलाउन चाहन्छु कि तपाईहरुको शिर निहुराउने काम मैले कहिले गरेको छैन र गर्ने पनि छुइन। यदि दोषि प्रमाणित भए म जुनै किसिमको सजाय भोग्न तयार छु।
दिनेश महर्जन
का म पा ४
वडा अध्यक्ष

प्रतिक्रिया दिनुहोस