Latest News

रामचन्द्र पौडेललाई रामकुमारी झाँक्रीको यति धेरै चिन्ता, नामै किटेर यसो भनिदिए

Nepalese Times June 27, 2022 (2 Year ago)    530 Views

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छोटो समयमा मन्त्री परिवर्तन गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

छोटो समयमा मन्त्री परिवर्तन गरेकोप्रति पौडेलले नेकपा एकीकृत समाजवादीका नेताहरूप्रति असन्तुष्टि जनाएका हुन् ।

नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्री फिर्ता गरी ती ठाउँमा नयाँ मन्त्री पठाएपछि आइतबार मन्त्रिमण्डल पुनर्गठन भएको थियो। त्यसतर्फ लक्षित गर्दै पौडेलले छोटो समयमा मन्त्री परिवर्तन गर्न नहुने बताए।

ललितपुरमा भएको अन्तर्क्रियामा नेता पौडेलले पार्टीका नेता र सांसद सबैलाई पालोपालो मन्त्री बनाउन खोजिएकोमा असन्तुष्टि जनाएका हुन् ।

उनले भने, ‘ए बाबा एउटा पार्टीका सांसद सरकारमा मन्त्री भएर गएका छन्। चार दिन हुन पाएको छैन, त्यसलाई हटाउन पर्ने ?’

उनले भने, ‘पालोपालो मन्त्री बनाउनुपर्ने ? सबैको पालो पुर्‍याउनुपर्ने मन्त्री बन्नलाई ? यो कहाँ त्यस्तो हुन्छ ? सबैको पालो पुग्ने कुरा हुन्न।’

उनले मञ्चमा रहेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालतर्फ लक्षित गर्दै रामकुमारी झाक्रीलाई रूवाएर समाजवाद आउँछ? भन्ने प्रश्न पनि गरे ।

पौडेलले भने, ‘के रामकुमारी झाक्रीलाई धरधरी रूवाएर समाजवाद आउँछ। आउँछ यो देशमा ? कसरी आउँछ?’

पौडेलले समाजवादतिर गइरहेका छौँ कि कतातिर जाँदैछौं ? भनेर प्रश्न गर्दै नारा समाजवादको तर कामचाहिँ सामान्तवादका पालाका जस्तो गर्न नहुँने बताए ।

आइतबार सहरी विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा झाक्री भावुक भएकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस