Latest News

नवनियुक्त मन्त्रीहरूले लिए शपथ, कसलाई कुन जिम्मेवारी ?

Nepalese Times June 27, 2022 (2 Year ago)    428 Views

काठमाडौं – एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएकी हुन् ।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् । शपथपछि मन्त्रीहरुले आजै कार्यभार सम्हाल्दैछन् ।

यसअघिका पर्यटनमन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान)लाई फिर्ता बोलाएको थियो ।

यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङ अब स्वास्थ्य मन्त्री बनेका छन् भने हिरा केसी पहिलो पटक राज्यमन्त्री बने ।

स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका हिराचन्द्र केसीलाई प्रधानमन्त्री देउवाले सपथ खुवाएका छन्।

एकीकृत समाजवादीले यसअघि मन्त्री भएकालाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय तीन साताअघि गरेको थियो। यसअघि राज्यमन्त्री रहेका खापुङ यसपालि स्वास्थ्य मन्त्रीमा बढुवा भएका हुन्।

सांसद नरहेका कुँवरलाई पनि एकीकृत समाजवादीले मन्त्री बनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचदलीय गठबन्धन सरकारको मुख्य घटक नेकपा एसको सिफारिसका आधारमा आइतबार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । सपथ लिएका नवनियुक्त मन्त्रीहरूले आजै कार्यभार सम्हाल्दैछन् ।

प्रतिक्रिया दिनुहोस