Latest News

आज देशका यी क्षेत्रमा भारी वर्षा, सतर्क रहन आग्रह

Nepalese Times June 27, 2022 (2 Year ago)    424 Views

आज देशका विभिन्न स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।

अहिले बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र मदेश प्रदेशमा भारी वर्षा भइरहेको छ। पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा १३. ४ मिलिलिटर वर्षा भएको मौसम विभागले जनाएको छ।

दिउँसो देशभर सामान्य बदली रहनेछ। देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राति देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, मधेश प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस