Latest News

मन्त्री झाँक्री पुगिन् सर्वोच्च, यस्तो छ कारण

Nepalese Times June 26, 2022 (2 Year ago)    439 Views

काठमाडौं – शहरी विकास मन्त्री रामकुमारी झाँक्री सर्वोच्च पुगेकी छन्। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की भेटझाँक्री सर्वोच्च पुगेकी हुन्।

प्रधानन्यायाधीशसँग को भेटमा मन्त्री झाँक्रीले आयोजना र विकास निर्माणसँग सम्बन्धित विचाराधीन मुद्दालाई छिटो टुंगो लगाइदिन आग्रह गरेकी छन्।

कार्कीले भने आफूले सम्भव भएसम्म सहयोग गर्ने, छिटो टुंगो लगाउन सकिने रहेछ भने मुद्दा फाँटबाट प्राथमिकता दिएर अगाडि बढाउने बताएका थिए।

दुईबीच २० मिनेटजति कुरा भएको पौडेलले बताए। कार्कीलाई भेट्न झाँक्री मन्त्रालयका कर्मचारीसहित पुगेकी थिइन्। भेटमा सर्वोच्चका रजिस्टारदेखि मुद्दा फाँटका कर्मचारी लगायत सहभागी थिए।

यस्तै सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले आजै राजीनामा दिने तयारी गरेकी छन् । उनले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा दिन लागेकी हुन् ।

नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । एकीकृत समाजवादीले तीन साता अघि नै मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिँदै नयाँ मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवालाई नाम सिफारिस गरिसकेको छ ।

त्यस्तै जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणी चौधरीलाई शहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस