Latest News

आज २०७९ साल आषाढ १२ गते आइतवारको राशिफल हेर्नुहोस्

Nepalese Times June 26, 2022 (2 Year ago)    658 Views

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा शान्ति छाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी / प्रेमिकाका बिच खिन्नता बढ्नेछ, तर धार्मिक र सामाजिक काममा सरिक भइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । समाज सेवा र परोपकारका क्षेत्रमा लगानीको समय छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ, शेयर बजारको लगानीमा पनि कमी आउला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । हर्ष र प्रसन्नता छाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घरमा नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त होला । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय व्यतीत हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । शेयर बजारको लगानीले राम्रै फाइदा देला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

– ज्यो.प. नारायणप्रसाद दुलालको सहयोगमा हाम्रोपात्रो डटकमबाट

प्रतिक्रिया दिनुहोस